नव जिवन प्रेरितिय मण्डलीद्धारा राहत वितरण

जसमाया राई (महाप्रतिवाद)
दमक : आफ्नो छिमेकीलाई आफुलाई झै प्रेम गर भन्ने नाराका साथ नव जिवन प्रेरितिय मण्डली सेवाकाई नेपालले बिभिन्न बाढि प्रभावित क्षेत्रहरुमा भाद्र ५ देखि ८ गतेसम्म जम्मा ४ सय ८ घरपरिवारलाई राहत बितरण गरिएको छ ।
करिब ८ जनाको समूहद्धारा सुनसरीको ईनरुवा र ईटहरी १ सय, मोरङ्गको बिराटनगर ४३, ईलामको लालखोला ७५ र झापाको सुरुङ्गा दमक क्यामपा सर्नामती र दहगाउ गरी १ सय ९० गरी जम्मा ४ सय ८ घरपरिवारलाई राहत वितरण गरिएको कुरा नव जीवन पे्ररितिय मण्डली सेवाकाई नेपालको संयोजक डिके वेघाले वताए ।
उतm राहतमा दैनिक उपभोग्य सामानहरु खाद्यान्न, लत्ताकपडा, इत्यादी वितरण गरिएको थियो । प्रत्येक परिवारलाई ३० के.जी.चामल, २ के.जी. दाल, १ लिटर खाने तेल, १ के.जी.चिनी, साबुन, टुथपेष्ट, लत्ताकपडा, १ थान डसना, १ थान कम्बल, १ थान झुल, दुई दुईवटा सिरानी वितरण गरिएको थियो । झापा जिल्लाका घरहरुमध्ये ३ घरलाई जस्तापाता पनि वितरण गरिएको जानकारी संयोजक बेघाले दिएका हुन् ।
जटिल अवस्थामा उतm पीडितहरुलाई कसरी सहयोग पुर्याउने भन्दै चिन्तित रहेको अवस्थामा पिडीतहरुलाई उक्त संस्थाद्धारा प्रभावकारी सहयोग पुगेको कुरा कमल गाउपालिकाका वडा अध्यक्ष तारा न्यौपानेले व्यक्त गरेका छन् । उक्त ठाउमा अति आवश्यक सामग्री तथा दैनिक उपभोग्य वस्तुहरु प्राप्त गरेको स्थानिय बासिन्दाहरु अति उत्साहित भएको कुरा स्थानिय मिरा वडाले बताए ।

Related Articles

Back to top button