नेपाल ख्रीष्टियान समाजको २१ औं बार्षिक उत्सव सम्पन्न

विश्वास थापा
अक्टोवर २४, २०१७ । ललितपुर

नेपाल ख्रीष्टियान समाज सन् १९९६ मा स्थापित भएकोे हो । यस संस्थाले आफ्नो २१ औं बार्षिक उत्सव लिभिङ बप्तिस मण्डली, ललितपुरमा एक भब्य कार्यक्रम आज सम्पन्न भएको छ । राष्ट्रिय भेला नाम दिएको कार्यक्रम ३०० भन्दा वढीको ७ प्रदेशबाट सहभागिता भएको जानकारी पत्रकार सम्मेलनमा एनसिएसका महासचिव डिल्लीराम पौडलले बताउनु भयो ।
सोही संस्थाको सह अध्यक्ष टंक सुवेदीले २१ औं महासभाको पत्र पढेर सुनाउनु भएको थियो । सो पत्रमा संविधान २०७३ को खुलेर स्वागत गर्नुको साथै अल्पसंख्यक धार्मिक समूहका मागहरुलाई समेट्न नसकेको विभेदकारी कानून बनाएर अल्प संख्यक इसाईहरुलाई गाह्रो अवस्था श्रृजना गरेको सो पत्रको मर्म रहेको छ ।
२२–२४ अक्टोवर चलेको सो सभाले ६ बुद्धे मागहरुसमेत जोडदारका साथ माग गरेका छ । सो मागहरु निम्न छन् : –

१. संविधानको संशोधन:

क. संविधानको धारा २६ को ३ मा उल्लेख भएको धर्मपरिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाइनुपर्ने ।

ख. संविधानको धारा २६ को १ सँग सम्बन्धित रही हरेक व्यक्तिले कुनै पनि विश्वास वा धर्म छान्न, परिवर्तन गर्न/गराउन, प्रचार–प्रसार गर्न, सिकाउन –  तालिम दिन अथवा छोड्न पाउनुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने ।

ग. संविधानको धारा ४ मा उल्लेख गरिएको धर्मनिरपेक्षतासम्बन्धी स्पष्टिकरण हटाउनुपर्ने ।

२. कानुनको संशोधन:

क. फौजदारी ऐन २०७४ को धारा १५६ ले एक –आपसमा मिलेर बसेका र धार्मिक सहिष्णुता अपनाएका धार्मिक समुदायबीच कटुता बढाइ धार्मिक युद्धसम्ममा पुऱ्याउनसक्ने सम्भावना भएकोले यस धारालाई हटाइनुपर्ने ।

ख. त्यसैगरी सोही ऐनको धारा १५७ र १५८, नेपालले पक्ष राष्ट्र भई हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय  सन्धी/सम्झौता तथा धार्मिक स्वतन्त्रताको मर्म विपरीत भएकाले यसलाई पनि ऐनबाट हटाइनुपर्ने ।

३. सबै धार्मिक समुदाय अट्ने गरी सम्पत्ति संरक्षण तथा धार्मिक कार्यहरू सञ्चालनका लागि आवश्यक नीति–नियम बनाई दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने ।

४. संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई देशका विभिन्न क्षेत्रमा काम गरिरहेका धार्मिक संस्थाहरूलाई सरल तथा निर्वाध रूपमा धार्मिक क्रियाकलापहरू गर्न पाउने गरी वातावरण तथा नीति निर्माण गर्नुपर्ने ।

५. सबै धार्मिक समुदायको आ–आफ्नो रीतिअनुसार दाह तथा मृतसंस्कार (चिहान) को लागि हरेक स्थानीय तह अर्थात् वडामा व्यवस्था तथा व्यस्थापन गरिदिनुपर्ने ।

६. नेपालका मुख्य धार्मिक समुदायले आ–आफ्ना चाड/पर्वहरूमा सार्वजनिक विदा पाएजस्तै अन्य अल्पसंख्यक धार्मिक समुदायहरू विशेषगरी ख्रीष्टियनहरूलाई पनि ख्रीष्टमस तथा इस्टरमा सार्वजनिक बिदाको व्यवस्था गरिनुपर्ने ।

 

एसिएसका अध्यक्षले समुदायको लागि ख्रीष्टियन महासंघ र एनसिएफएनसँग मिलेर कार्य गर्न कुनै समस्या नरहेको जानकारी गराउनु भयो । स्वअस्तित्व स्वकार गर्दै आवाजहरु बुलन्द गर्न सकिने कुरामा जोड दिनुभयो ।
एनसिएसको स्थापना कसरी भयो भनेर डा. तिर्थ थापाले सविस्तार बताउनु भयो । बिभिन्न पत्रकारहरुका प्रश्नलाई डा. तिर्थ थापा, अध्यक्ष वर्णवास श्रेष्ठ, सह अध्यक्ष टंक सुवेदी र महासचिव डिल्लीरामले उत्तर दिनुभएको थियो ।

सहभागिता भएका एकजनाले नाम नछाप्ने सर्तमा भने, “धर्मनिरपेक्षता खारेज र धार्मिक स्वतन्त्रता पक्षमा एनसिएस उभिएको छ ।” यस कुरालाई पुष्टि गर्ने प्रमाण भने उनले दिन सकेनन् ।

कार्यक्रममा डा. बालकृष्ण शर्माले ख्रीष्टियान र राजनीतको बारेमा लिखित रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो पत्र पत्रकारहरुलाई पनि उपलब्ध गराएको थियो । सभाले समाज कुनै पनि राजनीतिक दललाई समर्थन गर्दैन भने ता पनि जनजागरण पार्टी नेपालका महासचिव केन्द्रिय सदस्यमा छन् भने सोही पार्टी अध्यक्ष पनि रहेका छन् साथै आमुल परिवर्तन मसिह पार्टी नेपालका उपाध्यक्ष लगायतका सदस्य समेत गरेका छन् । यस विषयमा वचन पत्रिकाले समाजका महासचिवलाई प्रश्न गर्दा उहाँले भन्नुभयो, “समाज हो, जो कोही पनि अट्न सक्नु नै समाज हो । यसमा पाष्टर, अगुवा, व्यापारी लगायत राजनीतिज्ञ पनि अटन सक्दछन् ।”

३ दिनसम्म चलेको सभाको अन्तिम दिन पा. मंगलमान महर्जनले प्रभु भोजको सेवकाइको अगुवाई गर्नुभएको थियो ।

Related Articles

Back to top button