नेपाल ख्रीष्टियान समाजद्धारा संविधान संशोधन माग

विश्वास थापा
हामी २०१८ वर्षलाई जागृतीका बर्षको रुपमा लिएका छौं । साथै एडभोकेसी टुल्सको निर्माण गरेका छौं । सरकारलाई ध्यान आकर्षण पत्रमा ६ वुद्धे माग प्रेस गरेका छौं । ख्रीष्टियन समुदायलाई गरिने अति आवश्यक संवैधानिक, कानूनीक र नीतिगत व्यवस्थाको माग गरिएको छ ।
पहिलो संविधानको संसोधनको माग गरिएको छ । धारा २६ को ३ धर्म परिवर्तन गर्न नपाउने भन्ने विषय पूर्णरुपले हटाउने पर्ने, धारा २६ को १ सँग सम्बन्धित हरेक व्यक्तिले कुनै पनि विश्वास, धर्म छान्न, मान्न, परिवर्तन गर्न, गराउन, धर्म प्रचार गर्न, सिकाउन तालिम दिन अथवा छोड्न पाउनु पर्ने व्यवस्था सुनिश्चित गर्नु पर्ने । हालको व्यवस्थामा आफ्नो धर्म मान्न पाउनु पर्ने भन्ने छ तर आफ्नो धर्म के हो भन्ने परिभाषा निकै नै विवास्पद छ । संविधानको धारा ४ मा उल्लेख गरिएको धर्मनिरपेक्ष स्पष्टिकरणलाई हटाउनु पर्ने हाम्रो माग छ । भर्खरै फौजदारी २०७४ राष्ट्रपतिबाट सहीछाप गरि भद्रौ १ गतेबाट यो कानुन लागू हुनेछ । धारा १५६ ले हटाइनु पर्ने किनकि अरु देशमा अर्काको धार्मिक आघात पु¥याउने कानूनले धार्मिक युद्ध भएको इतिहास छ ।
यस्तै सोही ऐनको धारा १५७ र १५८ मा लिखितका गराउने लेखिए पनि यस्तो हुँदैन । कुनै पनि धर्म आफैमा परिवर्तन हुँदैन यसको लागि धर्म गुरुहरुले मात्र परिवर्तन हुन्छ । यसको मुल मन्त्र लुकेको छ । यो धर्म परिवर्तन गराउन नपाउने नै हो । यो पूर्णरुपमा हटाइनु पर्दछ ।

धार्मिक संस्थालाई बेल्लै दर्ता निकाय हुनु पर्दछ । यो अल्प संख्य धर्मलाई सहायता पुग्दछ । धार्मिक कार्य समाज कल्याणले नगर्ने भएकोले राज्यले अर्को अवस्था गरिनु पर्ने माग नेपाल ख्रीष्टियान समाज रहेको छ ।

Related Articles

Back to top button