इजरायलकाे लागि विश्वभरका क्रिश्चियन समुदाय भन्दा विश्वमा कुनै राम्रो मित्र छैन: प्रधानमन्त्री बेन्जामीन नेतान्येहु

असोज ३०, इजरायल ।

इजरायलको राजधानी जेरुशलेममा सुरू भएकाे “ख्रीष्टियन मिडिया सम्मेलन” काे उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बेन्जामीन नेत्यानेहुले सम्बाेधन गर्नुभएकाे छ । सम्बाेधनकाे क्रममा प्रधानमन्त्री नेत्यानेहुले भन्नुभयाे, “सबैलाई यहूदीहरूकाे अनन्त एकिकृत राजधानी येरूशलेममा स्वागत गर्न चाहन्छु। ” उहाँले “हामी धार्मिक स्वतन्त्रताको लागि र पवित्र शहर मुक्त र एकताबद्ध भएकाे ५०अाैं वर्ष मनाउँदैछाैं । र तपाईं वरपर जहाँ हिंड्नु हुन्छ, तपाईं पवित्र स्थलहरूमा चाहे तपाईं चर्च जानुहुन्छ, अरु मस्जिदहरूमा जानुहुन्छ, र तपाईलाई थाहा छ यो नि: शुल्क शहर हो।इजरायलसँग राम्रो साथीहरू छैनन्, त्यसको अर्थ – इजरायलकाे लागि विश्वभरका क्रिश्चियन समुदायहरू भन्दा विश्वमा कुनै राम्रो मित्र छैन। र इजरायल एक विशाल क्षेत्र मा रहेकाे एउटा देश हो जहाँ क्रिश्चियन केवल जीवन जिउँदैनन् मात्र तर बलियाे पनि हुन्छन् ” भन्नुभयाे । प्रधानमन्त्री नेत्यानेहुले क्रिश्चियन सञ्चारकर्मीहरूले धार्मिक स्वतन्त्रताकाे पक्षमा, इजरायलकाे इतिहास र तथ्य समाचार प्रसारण/प्रकाशनमा सहयाेग गरेकोमा धन्यवाद दिनुभएकाे छ । यस अभियानमा अाफु पनि सँगै खडा रहेकाे प्रतिकृया दिनुभयाे । उहाँले इजरायलकाे लोकतान्त्रिकताको बारेमा सत्य उजागर गरेकाेमा र इजरायलसँग सँगै उभिएकोमा धन्यवाद दिनुभयाे । सम्बाेधनकाे अन्तयमा उहाँले “इजरायल सरकार सबैप्रति गहिरो कृतज्ञता प्रकट गर्दछ”, भन्नुभयाे । सम्बाेधन लगत्तै प्रधानमन्त्रीले सञ्चारकर्मीहरूले साेधेका विभिन्न प्रश्नहरूकाे उत्तर दिनुभयाे । इजरायलको इतिहासमै पहिलोपल्ट आयोजन भएको अन्तरराष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सबैको चासोमा रहेको इजरायल राष्ट्र र ख्रीष्टियन समुदायवीचको सम्बन्धको विषयमा केन्द्रित छ । सम्मेलनकाे दाैरानमा इजरायली राष्ट्रपति रियुभेन रविलिन, विभिन्न मन्त्रीहरु र जेरुशलेम नगरपालिकाको मेयरसँग छुट्टाछुट्टै भेटघाट र अन्र्तक्रिया गर्ने कार्यक्रम छ । इजरायली सरकारले अायाेजना गरेकाे पहिलो अन्तर्राष्ट्रिय “ख्रीष्टियन मिडिया सम्मेलन”मा भाग लिन विश्वभरका ७० वटा ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, १४० जना टेलिभिजन,रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजीवि पत्रकारहरु इजरायलमा छन् ।सो सम्मेलन अक्टोबर १८ तारिखसम्म चल्नेछ

Related Articles

Back to top button