ख्रीष्टियान समाजद्धारा पिएम देउवासमक्ष ६ बुद्धे माग

Bishwas (Ramhari) Thapa

October 27, 2017

केही दिन अघि नेपाल ख्रीष्टियान समाजले २१ औं वार्षिक उत्सव सम्पन्न गरे लगायत प्रधानमन्त्री शेरबहादुर देउवलाई आज भेटेको छ । अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रता दिवसको अवसरमा समाजको एक टोलीले भेटी ६ बुँदे मागपत्र बुझाएको छ ।
प्रधानमन्त्रीले ६ बुँदे मागहरूमध्ये ख्रीष्टमस विदालाई तत्काल घोषणा गर्ने र बाँकी मागहरूलाई यथासिघ्र सम्बोधन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो खबर प्राप्त भएको छ । संविधानको भाग ३ को धारा २६ को उपधारा ३ मा उल्लेख भएको धर्मपरिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाइनुपर्ने र फौजदारी ऐन २०७४ को परिच्छेद ९ को ‘धर्म सम्बन्धी कसूर’ दफा १५५, १५७ र १५८ संशोधन गर्न माग बार्षिक सभाबाट पारित गरि सोही माग देउवासमक्ष प्रस्तुत गरिएको थियो । सो प्रतिनिधि मण्डललाई समाजका अध्यक्ष वर्णवास (कृष्णबहादुर) श्रेष्ठले नेतृत्व गर्नुभएको थियो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र मानव अधिकार आयोग सदस्य मोहना अन्सारीलाई समेत सो माग पत्र दिएको थियो ।

Related Articles

Back to top button