स्वदेश र परदेश निर्माणमा प्रवासी नेपालीहरूको भूमिका

– पा. प्रकाशमेधि गुरूङ

बाइबलमा एउटा घटना उल्लेख गरिएको छ । जस्मा मोशा, एक हिब्रू मानिस मिश्रको दरबारमा हुर्किएका थिए । मिश्रको राजकुमारझैं सुबिधा, शिक्षा र अधिकार तिनले पाएका थिए । जब उनले आफ्ना हिब्रू मानिसहरू समस्यामा, थिचोमिचोमा र पिडामा भएको थाहा पाए उनले राज्यको सुख, सुविधा र आफ्नो सुरक्षित स्थानलाई त्यागेर त्यही मिश्रको राजाको विरूद्धमा हिब्रू जातिको छुटकाराको खातिर लड्न तयार भए (प्रस्थान २ः११–१५) । आफ्ना जातिको निम्ति उनले आफ्नो सुरक्षित क्षेत्रलाई पनि त्याग्न तयार भए (प्रस्थान ४ः२१–२३) । मोशाको हृृदय, जोश र जिम्मेवारपूर्ण भूमिकाको कारण नै अन्ततः ६ लाख भन्दा बढी प्रवासी हिब्रूहरू एक दिन मिश्रको दासत्वबाट छुटकारा पाएर आफ्नो देश कनान फर्किन सफल भए (प्रस्थान १२ः३१–३६) । यो छुटकारा इस्राएलीहरू (हिब्रू जाति) ले मिश्रमा प्रवासी जीवन बिताएको ४३० वर्षपछि भएको थियो (प्रस्थान १२ः४०–४१) ।

यहाँ जोडन खोजिएको कुराचाँहि आज संसारमा हामीले आफ्नो जीवनमा त्याग्नुपर्ने कुरा नत्यग्नाले परिवार, समाज र राष्ट्रलाई संकटमा पार्छौं । हामी एक नेपाली इसाई भएर जिउन चाहन्छौं तर जीवन परिवर्तनचाहिँ गर्दैनौं । हामीले परिवर्तन गरेपनि बाहिरी रूपमा गरिटोपल्छौं तर साँच्चै भित्री रूपान्तरण भएको हुन्न । राष्ट्रलाई हाम्रो समर्पणता र वलिदानको खाँचो छ तर हामी आफ्नो सफलता, खुशी र सुखको चिन्तामा हुन्छौं । आज हाम्रो देश नेपाल पनि त्यस्तै संकष्टमा छ । देश तपाईंको र मेरा वलिदानको खोजीमा छ तर हामी भने आपूm र आफ्नो परिवार सुरक्षित भएको खुशीमा छौं । हामी देश बाहिर भएर के भयो त ? हाम्रो परिवार सुरक्षित भएर के भयो त आखिर देश बिरामी छ । देश दुःखमा छ । राष्ट्र निर्माणमा स्वादेशमा रहने र प्रवासमा हुने सबै नेपालीको हात हुन्छ । हामीसँग इच्छा शक्ति छ भने हामी गर्न सक्छौं तर आजको आवश्यकता तपाईं र मेरो हृदय कति तत्पर छ भन्ने हो । बाइबलले भन्दछ, नहेम्याह र पुजाहारीहरू प्रवासमा थिए तर आप्mनो देश फर्केर यरूशलेम शहर पुन निर्माण गरेका थिए ।
नेपालमा यस पटक भूइचालोले निकै विनाश ल्यायो र कति मानिसहरू आफैलाई जोखिममा राखेर भौतिक संरचना निर्माण, राहत र उद्धारका काममा लागेका छन् र कतिचाहिँ हामी सुरक्षित छौं । मेरो परिवारलाई केही भएको छैन भन्छौं तर यस कुराले हामीलाई चुनौती दिन्छ कि, नेपाल र नेपालीको निम्ति हामीले नगरे कसले गर्ने । सुरक्षा र सहायता अरू कसैबाट आउँछ तर त्यो आफैले आप्mनो लागि गरे जस्तो कहिले पनी त्यस्मा आप्mनोपन हुँदैन ।

नेपाली इसाई जगत र साहित्यमा देन दिनुहुने पादरी गंगाप्रसाद प्रधान एकजना किसानको छोरा थिए । उनको जन्म काठमाण्डौमा ४ जुलाई १८५१ मा भएको थियो । उनी शिक्षा दिक्षा खासै नपाएका किशोर थिए । दार्जिलिङ्गको चिया बगानका उनले एक बाल मजदुरबाट जीवनलाई अगाडि बढाएका थिए । उनी दार्जिलिङ्गमा २९ मे १८६१ मा आइपुगेका थिए । उनले परमेश्वरको वचन र बोलावटलाई जीवनमा स्वीकार गरे र नेपालीको निम्ति उनले जीवन समर्पण गरे । परिवार र समाजको सतावटलाई ख्याल गरेनन् । करिब सन् १८६१ सम्म मजदुर, दाउरे, खेताला, गोठालो इत्यादिको रूपमा जीवन बिताए । उनी १९ वर्षको हुँदा कखरा सिक्न शुरू गरेका थिए । तर उनी नेपालीको निम्ति शिक्षक बने, येशूलाई विश्वास गरे र परिवारलाई परमेश्वरमा जिते । सन् १८७५ मा शुरू गरेर १९८४ सम्ममा सम्पूर्ण वाइवलको अनुवाद नेपाली भाषामा पुरा गरे । गंगाप्रसाद प्रधानलाई सन् १९०१ म पादरी (पाष्टर) अभिषेक गरियो । नेपाली भाषाको पहिलो पत्रिका गोर्खे खबर कागत् (सन् १९०१) को प्रकाशन गर्न शुरू गरे । यसरी अनुवादित भएका वाइवलले धार्मिक शिक्षा दिनको लागि सहायता पुरायो । बाइबल अध्यायन गर्नको लागि पढ्न लेख्न सिक्न परेको कारण पनि साक्षरता बढाउनको लागि उनको कामले सहायता गरेको छ भन्ने कुरा निर्विवाद छ । उनले शुरू गरेका पत्रिका प्रकाशन इसाई साहित्यकारहरूको लागि एक उत्साहको स्रोत हो ।

प्रवासमा रहँदा पादरी प्रधान सुरक्षित क्षेत्रमा थिए । तर पनि नेपाल र नेपालीजनको निम्ति उनको हृदय व्याकुल थियो । सन् १९१२ अगष्ट महिनामा नेपालको काठमाण्डौ फर्किए । तर तत्कालिन जहानिय राणा शासनले इसाईहरूको नेपालको बसाईलाई गैरकानूनी भनि सधैंको निम्ति देशबाट निकाला गरिदियो र फेरी कहिल्यै उनी नेपाल आउन पाएनन् । बाँकी जीवनमा उनी आफैं नेपाल आउन नपाए पनि दार्जिलिङ्गबाट सधैं उनले नेपाल र नेपालीको निम्ति रोएर सेवा गरे र प्रार्थना गरे । नेपाली ख्रीष्टिय भजन नं. ५०० को रचनामा उनको प्रार्थना र समर्पणता नेपालीको निम्ति कति थियो भन्ने कुरा प्रस्ट हुन्छ ।

उनी प्रवासी नेपाली भएर पनि कति धेरै नेपाल र नेपालीको लागि धेरै माया थियो भन्ने देखिन्छ । उनको जीवन राम्रोसँग चलिरहेको र सुरक्षित क्षेत्रमा हुँदा पनि नेपालीको निम्ति उनको हृदय व्याकुल थियो । आज प्रवासमा रहने तपाईं र मेरो हृदयचाहिँ कस्तो छ ? यो समय हामी हाम्रो राष्ट्र निर्माणमा लाग्नु पर्ने उत्तम समय हो । नेपालका घरहरू भग्नावशेषमा परिणत भएको छ, सडकहरू भासिएका छन् र धेरै मानिसहरूले जीवन गुमाएका छन् । मानिसहरू घाम, पानी, र हावा हुरीमा पालमुनी छन् । यो समयमा हामी प्रवासी नेपालीहरूको सहायता उनीहरूलाई आवश्याक छ ।

इतिहासले राष्ट्र र आप्mनो समुदाय निर्माणको निम्ति वलिदान दिने सपुतहरूको आवश्यकता पर्छ भनेर स्पस्ट पारेको छ । भारतलाई स्वतन्त्र गराउन महात्मा गान्धिले सत्याग्रह गरे । नेपालीलाई राणाहरूबाट स्वन्त्रता गराउन राजा त्रिभुवनले राजगद्दी त्यागेर भारतसम्म पुगे । अमेरिकामा कालाजातिका मानिस र गोराहरूबीचमा समानताको निम्ति एकजना सेवक मार्टिन लुथर किंङ्ग जुनियरले जीवन समर्पण गरे । सती प्रथाको अन्त्यको निम्ति विलियम केरी लडे । अनाथ बालबालीकाको जीवन रक्षाको निम्ति मदर टेरेसाले जीवनको खुशी र सुखविलासितालाई केही मूल्यको राखिनन् ।
प्रवासमा रहेको नेपालीले नेपालको मात्र चासो राख्नुपर्छ भनेर ेपाल केन्दि«त मात्र हुन यहाँ खोजिएको होइन । प्रवासमा रहेको देश निर्माणमा पनि हामी लाग्नुपर्दछ । आज नेपालीहरू १०० भन्दा बढी देशमा पुगेका छन् । कम विकसित देशको नागरिक भए पनि विश्वमा नेपाललाई उचाँईमा पु¥याउने नेपालीहरू धेरै छन् र यसलाई निरन्तरता दिनुपर्दछ । तेन्जिङ्ग नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर नेपाल र नेपालीलाई विश्वमा चिनाएका छन् । फेसन डिजाइनको क्षेत्रमा प्रवल गुरूङ्गले नेपालीलाई अरू देशको दाँजोमा उभाए । मरेको मानिसको मुटुलाई जीवित मानिसमा प्रत्यारोपण गरि अष्ट्रेलियामा डा. कुमोड धितालले विश्वलाई अचम्ममा पारेका छन् । आप्रवासी नेपाली संघ (एन.आर.एन.) का वर्तमान् अध्यक्ष शेष घलेलाई नेपाल सरकारले पुनःनिर्माणको दुत नै घोषणा गरेको छ । हाल उनी अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । उनले र एन.आर.एन.ले नेपाल र नेपालीप्रति देखाएको माया, सद्भाव र परोपकारको आज विश्वमा चर्चा भइरहेको छ । अमेरिकामा हालै संजिता प्रधानलाई राष्ट्रपति बराक ओबामाले आप्mनो सल्लाहकार परिषद्मा एक नेपाली महिलालाई नियुक्त गरेका छन् । यसरी संसारमा नेपालीहरूले नेपाल र नेपालीको नामलाई फहराइरहेका छन् ।
बाइबलमा आफू एक प्रवासी कामदार भए पनि प्रवासमा रहनु परेको देशको उन्नति र भलाईको लागि उच्च योगदान दिने योसेफको जीवनी हामी सबैलाई थाहा छ । उक्त क्लासिकल उदाहरणलाई पादरी प्रधानले आप्mनो जीवनमा लागू गर्नुभएको देखिन्छ । उहाँले शिक्षा, साहित्य र इसाईकरणमा दार्जिलिङलाई नेपाली भाषीहरूको बीचमा अगाडि चिनाए जसले प्रत्यक्ष प्रभाव नेपालमा पारेको छ जो हामी प्रवासी नेपालीहरूको लागि पनि एक राम्रो उदाहरण हो ।
हामी रहेको देशको लागि प्रार्थना गरौ, यहाँ रहदा काम विश्वास साथ गरौ र विभिन्न देशहरूमा हाम्रो प्रभाव, सम्मान र पहिचानलाई उच्च पार्न लागि परौ । जसरी न्हेम्याहले प्रवासमा रहेको देशमा विश्वाससाथ काम गरी त्यहाँको शासकको मन जिते र उनको देशको शहर यरूशलेम समस्यामा परेको बेला पुनःनिर्माणमा फारसको राजाले आर्थिक र भौतिकरूपमा सहायता गरे त्यसरी नै आज तपाईं र मैले पनि आफू रहेको देशमा उच्च योगदान दिन सके तपार्इं र मेरो देशसम्म पनि उक्त आशिष् पुग्नेछ । यर्मीया अगम्बक्ताले बाइबलमा भनेझैं हामी प्रवासमा रहेको नेपालीहरूले जुन शहर र देशमा हामी छौ त्यहाँ शान्ति र उन्नतीको लागि काम गर्नुपर्दछ किनकि जति उनीहरूको उन्नती हुन्छ हाम्रो पनि हुनेछ ।
सबैलाई हाम्रो परमेश्वरले आशिष् दिनुभएको होस् । धन्यबाद ।

Related Articles

Back to top button