फरक पुस्ताको बीचमा पूल निर्माण

परिचयः

पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्यायन ग¥यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन ग¥यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असहरु पछिल्लो दशकमा नखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बीचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं ।

 

पुस्तान्तर के हो ?

सामान्यतया, पुस्तान्तर भन्नाले, “दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी, पुस्तान्तर केवल पछिल्लो ५०/६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दीपहिला पनि थियो भन्ने कुरालाई जोड दिन्छ । उनका अनुसार, “हाम्रा अहिलेका युवाहरु विलासिता मनपराउँछन् । उनीहरुका आचरण खराब छन्, अधिकारीहरुको अधिकारमा रहँदैनन्, उनीहरु बुढा–पाका मानिसहरुप्रति अनादर गर्छन् र आप्mनै इच्छामा रमाउँछन्, जब उमेरमा पाको मानिसहरु कोठामा प्रवेश गर्छन्, उनीहरु आफ्नो स्थानबाट उठ्दैनन्, अभिभावकको विपरित छन्, साथीहरुसँगै रमाउँछन्, स्वऐच्छिक खाना रुचाउँछन् र शिक्षकहरु प्रति खराब व्यवहार गर्छन् ।”

 

२०औं शताब्दिका प्रखयात भारतीय प्रचारक रबि जारायाहले आफ्नो पुस्तक ‘रिक्याप्चर द वन्डर’ व्यक्तगरेको बिचार सान्दर्भिक छ । यस विचार अनुसार पछिल्लो २० औं शताब्दीको पछिल्लो ५० दशमका के भयो भन्ने स्पष्ट चित्र प्रस्तुत गर्दछ । उनका अनुसार,

  • “१९५०औं को दशक तिर, नानिहरुले उनीहरुको निर्दोषपनालाई गुमाए । उनीहरु आफ्ना अभिभावकबाट अलग गरिए, जसको कारण थियो, राम्रो तलब भएको जागिर, कार, नयाँ खालका सङ्गीत इत्यादी ।
  • १९६०को दशकमा नानिहरुले अधिकार पनि गुमाए । यो विद्रोहको दशक जस्तै थियो । मण्डली, राज्य र अभिभावकहरुको अधिकार माथि प्रश्न खडा गरियो । उनीहरुले आफ्नै चाहना खोजीगरे । मण्डली, राज्य र अभिभावकको अधिकारलाई इन्कार गरियो । तर यसलाई अहिले सम्म पनि केहीले पुर्नस्थापना गर्न सकेको छैन ।
  • १९७० को दशकमा नानिहरुले प्रेम गुमाए । यो ‘म’वाद को युग जस्तै नै थियो जहाँ आफु आधारित शब्दहरुको विकास भए । जस्तै, ‘आफ्नो रुप’ वा ‘स्वरुप’, ‘आफ्नो संसार’, ‘आफ्नो इच्छा’, ‘आफ्नो रुची’ आदि–इत्यादी । यसले उनीहरुलाई एक्लो संसार बनायो । नानीहरुले यौनको बारेमा सिक्नलागे । उनीहरुले प्रेमको विषयमा भुले र उनीहरुलाई सम्झाउने पनि कोही भएन । यसको भिन्नताको विषयमा सिकाउने पनि कोही भएन ।
  • १९८० तिर नानीहरुले उनीहरुको आशा गुमाए । निर्दोषपना, अधिकार र प्रेम गुमाउनुले उनीहरुलाई डरलाग्दोरुपमा आशाहीन बनाइदियो र परिणामस्वरुप यो दशकका पुस्तामा उनीहरु मध्येका धेरै जना ढभविष्यलाई नै विश्वास गर्नछोडे ।
  • १९९० तिर आइपुग्दा नानीहरुले उनीहरुको तर्क दिने शक्ति नै गुमाउन पुगे । यो दशक यस्तो रह्यो कि, जति–जति उनीहरुलाई आधारभुत भाषा, सत्यता र तर्कबारे सिकाइयो उनीहरु उति नै बढी पाश्चयआधुनिक संसारमा वृद्धिभएर गए ।

 

सन् २००० पश्चात त सूचना प्रविधीमा आएको आमूल परिवर्तले यसको दायरालाई यति फराकिलो बनाइदियो कि, यसको लेखाजोखा गर्नै गाह्रो छ । पछिल्लो दिनमा परिवारमा, समाजमा र अझ भनौं मण्डलीमा यसको कयौं असरहरु देखा परेका छन् । पश्चिमा मूलुकमा त फरक पुस्ताको फरक–फरक संगती गर्नु पर्ने वाध्यात्मक स्थिति पनि सृजना भएको छ । पुस्तान्तरको असरको रुपमा संगति फरक समय र स्थानमा फरक पुस्ता भेला हुनुले मण्डलीको स्वरुप र बाइबलीय मूल्य धरापमा परेका मान्न सकिन्छ । पछिल्लो पटक पुस्तान्तरको असरलाई ध्यानमा राखी अन्तर पुस्तालाई कसरी एउटै पानामा समेट्न सकिन्छ भनि मण्डली स्थापनाकर्ता (Church Planters) र युवा सेवकाइका ज्ञाताहरुले व्यापक खोज पनि गरिरहेका छन् ।

 

पुरानो करारमा परमेश्वयरले इस्राएलीहरुलाई धार्मिक र नैतिक नीतिहरु दिनुहुँदा लगाउने वस्त्र, बाने कुरा, बोलीबचन, छिमेकीलाई गर्ने व्यवहार र अन्तर समुदायको बीचमा हुनुपर्ने समिारेखा आदिको विषयमा स्पष्ट बताइ दिनुभएको थियो । यहाँ आजको मण्डलीले पनि बुझ्नु आवश्यक छ भने मण्डली भनेको फरक फरक समुदाय वा पुस्ताको विचको भिन्नतामा होइन तर फरक पुस्ताले एउटै रीतिमा रहेर जिउनुपर्छ । आज मण्डलीमा सङ्गीत, वस्त्र, खाना वा कपालको स्टाइल जस्ता ससाना विषय उप्काएर द्वन्द्व उत्पन्न हुन्छन तर मण्डलीले बाइबलीय मूल्य र मान्यतालाई जोड दिनु पर्ने हो (मत्ती २०:२६; २ कोरिन्थी ६:१४, १७) । केही बाइबलीय सन्दर्भहरु हेर्नुहोस् भजनसंग्रह ७१:१८; १४५:४ जसले फरक पुस्तासँगै मिल्नुहो सुन्दरता पनि बताउँदछन् ।

 

 

मण्डली र परिवारमा पुस्तान्तरको नकारात्मक असरलाई कसरी कम गर्ने ?

१. परिवारमा अभिभावक र छोराछोरीहरुको भूमिकाको विषयमा पास्टर वा कोही असल शिक्षा सिकाउन सक्ने शिक्षकलाई बोलाएर बाइबलबाट सिकाउन लगाउनुहोस् । छोराछोरीहरुलाई अभिभावकहरुको सिमित स्रोत र उपलब्धताको विषयमा जानकारी नहुन सक्छ र आमाबुबालाई पनि छोरा छोरीको कलिलो बुझाइको बारेका जानकारी नहुन सक्छ । अतः बाइबलीय ज्ञान दुबै पक्षको निम्ति साझा समाधान हुनसक्छ ।

 

२. छोराछोरी र अभिभावकलाई फरक फरक राखेर उनीहरुको इच्छा र अपेक्षालाई सुनिदिनुहोस् । केवल भिन्न स्थानमा राखेर सुन्ने मात्र होइन तर सँगै राखेर छलफल पनि गराउनुहोस् । मण्डलीमा एक सामान्य २ घण्टाको अभिभावक र छोराछोरी बीच अन्तरक्रिया गराउन सक्नुहुन्छ ।

 

३. छोरा छोरीलाई सिकाउनुहोस् की उनीहरुको आमा बुवा पहिलो पटक छोराछोरीहरु हुर्काउँदै गरेका सिकारु अभिभावक हुन् । उनीहरुले पहिले नै उनीहरु जस्ता किशोर अवस्थाका नानीहरु हुर्काएर अनुभव बटुलेका अभिभावकहरु होइनन् ।

 

४. मण्डलीमा किशोर किशोरीहरु सहभागी गराई उनीहरुलाई अभिभावकले गरेका राम्रा कामहरुको सम्झना गरि उनीहरुलाई आभार प्रकट गर्ने गराउने मौकाको सृजना गरिदिनुहोस् । जस्तै वृद्ध-वृद्धा सम्मान कार्यक्रम, मण्डलीको अभिभावक दिवस कार्यक्रम आदिको आयोजना गर्न सक्नुहुन्छ ।

 

५. दुबै पक्षलाई कसरी एकअर्कासँग संचार गर्ने भनि सिकाउनुहोस् । पाको मानिसको संचार गर्ने तरिका र व्यवहार गर्ने तरिका फरक हुन सक्छ र ठीक त्यसै गरी युवा पुस्ताको फरक हुन सक्छ । फेरी संचार नै सबै भन्दा साधारण र शक्तिशाली समाधान पनि हो । संचारको अभावले नै समस्या उत्पन्न हुन्छ र संचारले नै समस्यालाई ठूलो बनाउने वा समाधान गर्ने भुमिका खेल्छ । अतः यसमा सिकाइको पनि खाँचो हुन्छ ।

 

निष्कर्षः

मलाकीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस्, उहाँले भन्नुभएको छ कि डरलाग्दो दिन (फरक पुस्ताको बीचमा मतभिन्नता) छोराछोरी र बाबुहरुलाई (दुइ भिन्न पुस्ता) एकअर्काको हृदय फर्काउनको निम्ति एलिया अगमवक्ता (सांकेतिक रुपमा मध्यस्तकर्ता) पठाइदिनेछु (मलाकी ४:५,६) । शैतानको कामचाहीँ कसरी हुन्छ भिन्नता र विभाजन ल्याउनु हो तर हामी सचेत हुनुपर्छ । आखिर दिनहरुको विषयमा पावलले पनि तिमोथीलाई बताएका छन् (२ तिमोथी ३:१–४) । पछिल्लो दिनहरुमा हुन आउने कुराहरुको विषयमा अघिबाटै बताइएकाले हामी चाहिँ अझ सचेत र जागा रहौं ।

प्रेमनारायण भट्टराई, शक्तिशाली बप्तिस मण्डली

(हालः युनाइटेड ख्रीष्टियन चर्च अफ दुबई)

Related Articles

Back to top button