अन्तमा उद्वार र चङ्गाई येशूमा पाए”

सम्पूर्ण प्रभुका जनहरुमा ख्रीष्टिय अभिबादन
साथै प्यारो जयमसिह !!!

आज म तपाईहरु संग छोटकरीमा मेरो जीवन गवाही बाड्न जादैछु | पढ्नुहोस् है त….| मेरो नाम प्रीन्सिला महत्तो हो | येशूलाई मुक्ति दाताको रुपमा पाउनु अघि म एक हिन्दु धर्मको बैष्ण परिवारको छोरी हु | केहि वर्ष अघिको मात्र कुरा हो | बाबा आमा सधै बिहान सबेरै उठेर पुजा पाठ गर्नुहुन्थ्यो | म पनि उहाहरुको नक्कल गर्थे औ पुजा पाठ गर्न सिक्दै थिए | म इश्वर मान्थे | साचो सत्य इश्वर यस संसारमा नै छ भन्ने कुरामा बिश्वास गर्थे औ धर्म कर्मबाट नै शान्ति उद्वार मुक्ती पाइन्छ भन्ने कुरामा बिश्वास गर्थे | समय बित्दै जादा जब ठुलो हुदै गईरहेको थिए शारीरिक,मानसिक,बौद्दिक बृद्दी संग संगै म घमण्डी, रिसाहा, र लोभी हुदै गइ रहको थिए | म संसारिक कुराहरुमा रम्दै थिए | समय यसरि बित्दै थियो |

मेरो आमा एक दिन अचानक बिरामी हुनुभयो | सुरुमा हामीलाई त्यति गम्भीर लागेको थिएन | धर्मकर्ममा बिश्वास गर्ने र भगवान प्रति आस्था भएकोले हामीले धेरै उपायहरु द्वारा हाम्रो भगवानलाई चंगईको निम्ती बिन्ती चढाएउ | सम्भब भएसम्म धेरै लामा झाक्री कहा समेत देखाएउ | उपचारको लागि हस्पिटलहरु धाएउ, यसरि लाखौ रुपैया खर्चिएर पनि आमाको स्वास्थ्यमा कुनै सुधार नभएपछी मुस्लिमको मस्दिज सम्म हामी पुग्येउ | हाम्रो निम्ती आमाको स्वास्थ्या अति आवश्याक भएकोले अनि आफुले पुज्दै आएको देबी देवताबाट कुनै प्रतिउत्तर नपाउदा निको भईन्छ भन्ने अपेक्षाले मुस्लिमको मस्दिज सम्म हामी पुगेउ | केहि बिशेक भएको जस्तो भयो तर घर फर्किए पछी जस्ताको त्यस्तै | तै पनि केहि हुन्छ कि भनी हामीले हरेक दिन मुस्लिम बाबाको ध्यान गर्ने गर्थेउ | तर हुन चै केही पन भएन | यसरि आसा बिहिन र लाचारीपन सहित दिनहरु बित्दै थियो | सधै झैँ मुस्लिम बाबाको ध्यानमा आखा बन्द गरि बसेको बेला मेरो आमाले येशू ख्रीष्टलाई क्रुशमा झुण्डीएको आकृति देख्नुभयो | यो एक पटक मात्र भएन, उहाले बारम्बार त्यो दृश्य देख्नुभयो | हामी सबैलाई अचम्म लाग्यो | परिवारमा कसैले पनि येशूलाई बिश्वास गरेको नै थिएन तर पनि आमाले येशूलाई आखा बन्द गर्दा देख्नु हामी सबैको लागि अनौठो कुरा थियो | हामी मध्य कसैले पनि येशूलाई मान्दैन थिएम | तर पनि येशूलाई आमाले देख्नुको पछाडी केहि न केहि रहस्या अवाश्या छ भन्ने लागेको थियो | त्यसैले यसको बारेमा जान्न कुनै एउटा चर्चमा जानु पर्छ भन्ने हामीलाई लाग्यो | त्यसको पर्सि पल्ट राति ९ बजेतिर पा. महराजी महतो ज्यु हाम्रो घर खोज्दै आउनुभयो | आमाले येशूलाई देख्नु, अचानक पाष्टर हाम्रो घरमा आउनु हाम्रो निम्ती अलमल्ल पार्ने विषय भएको थियो | जब पा. महाराजी ज्यू हाम्रो घरमा आउनुभयो हामीले हाम्रो उल्झन वा जिज्ञासाहरुलाई सबिस्तार सुनाएउ | हाम्रो कुराले केहि मात्रामा उहालाई पनि अचम्मित तुल्याएको थियो | त्यसपछि उहाले हामीलाई सु-समाचार सुनाउनुभयो | हामीलाई सृष्टि गर्ने परमेश्वार को हुनुहुन्छ ? येशू ख्रीष्ट को हुनुहुन्छ ? येशू यस संसारमा किन आउनुभयो ? येशू माथिको विश्वास द्वार प्राप्त हुने अनन्तको जीवन र उद्वारको विषयमा हामीले जान्न सकेउ | कुरा स्पष्ट थियो हामीले बुझेउ | सायद यसमा परमेश्वरको बोलावाट थियो मेरो परिवार प्रति त्यसैले हामीले करिब राति १० : ३० बजे सपरिवाराले एकसाथ येशूलाई ग्रहण गरेउ | बाबाले भन्नु भयो कि ” हामी त सृष्टि कर्तालाई पुज्न छोडेर सृष्टि गरिएका कुराहरुलाई पो पुजाआज गरिरहेका रहेछौ | वास्तविक र सत्य सृष्टि कर्तालाई आज पो चिन्न पाएउ |” हामीले हाम्रो सृष्टि कर्ता परमेश्वरमाथी अनि हाम्रो निम्ती मर्नुभएको येशू ख्रीष्टमाथि बिश्वास गरेउ | एउटा अचम्मको कुरा के छ भने हामीले बिश्वास गर्न अघि हाम्रो घरको छानामा सधै केहि चिज हिडेको जस्तो आवाज अईरहन्थ्यो | तर त्यस रात देखि त्यस्तो हिडेको जस्तो आवाज आउन बन्द भयो | त्यसको लगातै आमा पनि बिस्तारै बिस्तारै निको हुदै जानुभयो | त्यसपछि हामीले आफ्फै प्रार्थना गर्न थाल्येउ, बाईबल पढ्न थाल्येउ | परिवारमा शान्ति छाएको थियो | एउटा छुट्टै सुरक्षाको महसुस गर्न सकिन्थ्यो | हामीले गरेको प्रार्थनाको प्रतिउत्तरहरु हामीले पाउन थाल्येउ | अनि हामी बिहान, बेलुका घरमा संगति गर्न थाल्येउ | येशूलाई मुक्ति दाताको रुपमा प्राप्त गर्ने वा चिन्ने माध्याम चाहे जे सुक्कै किन नहोस मुख्या कुरो साचो इश्वारलाई हामीले जान्न र पुज्न पाएका छौ | जसले हाम्रो सबै कुरा सुन्नुहुन्छ र त्यसको उत्तर पनि दिनुहुन्छ | ” आमाको स्वस्थ्या सुधारको निम्ती – लामा , धामी , झाक्री सबै गरेर हेरे । मुस्लिम बाबाको शिष्या बनेर पनि हेरे । धनरासिले केहि भएन । अन्तमा उद्वार र चङ्गाई येशूमा पाए ” आमेन ।

जयमसिह !!!

प्रीन्सिला महत्तो
मित्र मंडली – कुलेनी

साभार : अार्टिकल पाेष्टबाट

Related Articles

Back to top button