अभिमान र घमण्ड

हामी मानिस कुनै न कुनै समयमा अभिमान र घमण्डी बनेर जिइरहेका हुन्छौं । अभिमान र घमण्डले मानिसको जीवनमा हानी र नोक्सानी बाहेक अरू केही गर्दैन, मानिसको जीवनमा भएको सम्बन्धमा तनावको सृजना हुन्छ । संसारमा युद्ध, झगडा, अनेकता, वेमेल र वादविवाद अभिमान र घमण्डले नै भएका छन् । “सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ ।”(हितोपदेश १६ः१८) । हितोपदेशका लेखक भन्दछन् कि सर्वनाश आउन अघि अभिमान र पतनको अघि घमण्ड आउँदछ । यदि हामीमा अभिमान र घमण्ड आउँदछ भने हामीले आपूmलाई प्रभुमा जाँचबुझ गरेर उहाँको अनुग्रहको छहारीमुनि आउनु जरूरी छ । के हाम्रो जीवनमा अभिमान र घमण्ड आउँदैन त ? निश्चय पनि हामी सबैमा आउँदछ ।
अभिमान र घमण्ड भनेका के हो त ? परमेश्वरबिना आपैm ‘म स्वतन्त्र भएर जिउँछु’ भन्ने व्यवहार अभिमान र घमण्ड हो । परमेश्वरभन्दा ठूलो हुने विचारमा आपूmखुसी गर्न मन लाग्ने कुरा हो । जब मानिस परमेश्वरको मार्ग छोडेर आपूmखुसी गर्न थाल्दछ तब सर्वनाश र पतनको कुरा आउँदछ । परमेश्वरको भलाई र असल कुरालाई बुझ्न नसक्नु भनेको पतनको बाटोउन्मुख हुनु हो, पाप र अन्धकारको दासत्वमा पर्नु हो, परमेश्वरमा अधन्यवादीको आत्मा हुनु हो, कृतज्ञ नबन्ने आत्मा हो । अभिमानी र घमण्डी मानिसले जहिले पनि गुण देख्न सक्दैन । यो वैगुनी हुन्छ । उसले जति आशिष् पाए पनि, चंगाई, छुटकारा पाए पनि परमेश्वरले गर्नु भएको कामप्रति कृतज्ञता जाहेर गर्न सक्दैन । अधन्यवादीको आत्मा बोकेर हिँडिरहेको हुन्छ । यस्तो अवस्था हुनु भनेको सर्वनाश र पतनको मार्गतिर लम्केर जानु
हो । आपूmलाई अरूभन्दा उच्च तरिकाले हेर्नु अरूभन्दा आपूmलाई उचाल्नु अभिमान र घमण्ड हो । घमण्डले जहिले पनि परमेश्वरभन्दा पनि आपूmलाई ठूलो अनि शक्तिशाली सम्झन्छ । सबै कुरा जान्ने बुझ्ने, ऊ जस्तो त अरू कोही पनि छैनन् भन्ने विचार गर्दछ । अरू कसैको सल्लाह, उपदेश, अर्ती सुन्नलाई इन्कार गर्ने, परमेश्वरको वचनको सल्लाहलाई वेवास्ता गर्नु अभिमान र घमण्डको चरम अवस्था पनि हो । यस्तो अवस्थाले मानिसलाई पतनमा
लैजान्छ । मानिसलाई सर्वनाशमा लैजान्छ । अभिमानी र घमण्डी मानिस उसको गल्ती सुधार गर्ने समय आउँदा रिसाउँदछ । उसले आफ्नो गल्तीलाई स्वीकार गर्दैन । सुधार गर्नलाई भनिएको कुरामा ऊ रिसाउँछ । उसको गल्ती कमजोरीमा गरिएको सुधारमा खासै चासो दिदैन । उसले गल्ती गरेको कमजोरीहरूमा पनि ठीकै गरेको कुराको जिद्धि गर्दछ । यस्तो अवस्था आउनु, यस्तो आत्मिक अवस्था आउनु सर्वनाश आउनु अनि पतनको बाटोतिर लागेको अवस्था हो । बेलैमा आपूmलाई सुधार गर्नु आवश्यक हुन्छ ।
अभिमानी र घमण्डी मानिसको जीवनमा परमेश्वरले गर्नु भएको सबै कामप्रति कृतज्ञताको आत्मा हुँदैन । अरूको प्रशंसा र महिमा खोज्ने काम गर्दछ । धन्यवादीको आत्मा हुँदैन । अभिमानी र घमण्डीलाई परमेश्वरले घृणा गर्नुहुन्छ, विरोध गर्नुहुन्छ । अभिमानी र घमण्डी आत्माले परमेश्वरको महिमा ल्याउँदैन । अभिमान र घमण्डले सम्बन्ध, परिवार, मानिसको जीवनमा बर्बादी ल्याउँदछ, समाजलाई विभाजनमा पु¥याउँदछ । अभिमान र घमण्डको कारण संसारमा युद्ध हुन्छन् । सम्बन्ध बिच्छेद, वादविवादको कुराहरु अभिमान र घमण्डको कारण हुँदछन् । अभिमानी र घमण्डी मानिसले आदरको साटो अनादरको कुराहरु मात्र ल्याइरहेका हुन्छन् । दुष्टता ल्याइरहेका हुन्छन् । अभिमान र घमण्डले सर्वनाश र पतन ल्याउँदछ । राष्ट्रिय, घरेलु, आर्थिक, भावानात्मक, आत्मिक पतन ल्याउँदछन् । अभिमान र घमण्ड यस्तो पाप हो जसले अरू पापभन्दा धेरै मानिसहरूलाई पतनमा लैजान्छ । अभिमान र घमण्डले अरूको कुरा सुन्दैन । अरूको अधीनमा बस्न चाहँदैन, मेरो गोरूको १२ टक्का भने जस्तै उसकै कुरा मात्र सही हो भन्दछ । उसले आफ्नो कमजोरी स्वीकार गर्दैन । अरू मानिसबाट सिक्न चाहँदैन । सल्लाह र सुझाव लिन चाहँदैन । आज मानिसहरू यो अभिमान र घमण्डको पापबाट आत्मिक रूपमा सुख्खा बनिरहेका छन् । परमेश्वरको वचनको दायरामा जिउन चाहँदैन । यसरी अभिमान र घमण्डले परमेश्वरबाट मानिसलाई अलग गर्दछ । परमेश्वरबाट मानिसलाई टाढा तुल्याउँदछ । लुसिफर पनि घमण्ड र अभिमानको कारण स्वर्गबाट पतन भयो । लुिसफर जो स्वर्गमा प्रमुख स्वर्गदूत थियो, परमेश्वर भन्दा ठूलो हुन खोज्दा उसको पतन भयो । हामी सबैजना अभिमान र घमण्डले प्रभावित छौं । कुनै न कुनै कुरामा हामी अभिमान गर्छौ होला । कुनै न कुनै कुरामा हामी घमण्ड गर्छौ होला ।
कयिनको घमण्डले उसलाई पतनको बाटोमा डो¥यायो । एसावको अभिमान र घमण्डले उसले आशिष् गुमायो । इस्राएलीहरू अभिमान र घमण्ड अनि गनगनको कारण प्रतिज्ञाको भूमि पुग्न पाएनन् । इतिहासमा अभिमानी र घमण्डीहरूको डर लाग्दो पतन र सर्वनाश भएको छ । हामी परमेश्वरबाट अलग भएर जिउनु खोज्नु, परमेश्वरको वचनको सल्लाह र निर्देशनलाई वेवास्ता गर्नु निश्चय पनि अभिमान र घमण्डको पतनको मार्गमा जानु हो । मानिसहरू जात, पृष्ठभूमि, धनसम्पत्ति, मान, पद, शिक्षा, बल, सुन्दरताको अभिमान र घमण्ड गर्दछन् । त्यसकारण हामीले आपैmलाई जाँचेर हेर्नु असल हुन्छ । हामी प्रभुमा कस्तो छौं त ?
कोरह बंशीहरू मोशाको अधीनमा बस्न सकेनन् । उनीहरूले भने कि मोशा को हो ? मोशा भन्दा हामी जान्दछौं । मोशा भन्दा असल तरिकाले मानिसलाई सिकाउन हामी जान्दछौं भनेर भने । मोशाको विरूद्धमा उठे । उनीहरूको यो अभिमान र घमण्डको कारण मोशाप्रति विद्रोह गरे । पछि ती अभिमानी र घमण्डी भूmण्डहरूलाई परमेश्वरले दण्ड दिनुभयो । जमीनमा पुरिएर तिनीहरुको सर्वनाश भयो ।
हामीले नकारात्मक होइन, सकारात्मक कुराको सोंचमा अगाडि बढनु पर्दछ । पतन र सर्वनाशको बाटोमा जानु भन्दा अगाडि अभिमान र घमण्डको हृदय छोडनु पर्दछ । परमेश्वरसँगको हाम्रो सम्बन्ध बलियो बनाउनु पर्दछ । ख्रीष्टको प्रेमले प्रेम गर्नुपर्दछ । नम्रतामा जिउन सिक्नु पर्दछ । हाम्रो अभिमानी र घमण्डी हृदयलाई त्यागेर नम्रताको जीवन जिउनु पर्दछ । हामीले परमेश्रवरमा अशिष्मय जीवन जिउन आवश्यक छ । यसको लागि हाम्रो घमण्ड र अभिमानबाट मुक्त हुनै पर्दछ ।

— रेशमकुमार सुनुवार

Related Articles

Check Also
Close
Back to top button