तपाईं कसको आवाज सुन्दै हुन्हुन्छ ?

—रिक वारेन—

रिक वारेन“परमेश्वरसँग सुरु गर–उहाँको अगाडि घुँडा टेक्नु सिकाइको पहिलो कदम होý मूर्खले मात्र यस्तो बुद्धि र शिक्षाको लागि आÇनो नाक थुन्छ”( हितोपदेश १ः७ MSG।परमेश्वरको अगाडि घुँडा टेक्नु सिकाइको पहिलो कदम हो । तपाईंले ख्याल गर्नुभएको छ ? जब तपाईं आÇनो जीवनको लक्ष्य बनाउन थाल्नुहुन्छ तब मानिसहरुले तपाईंलाई यसो भन्नेछन्, “तिमी आपूmलाई के हुँ भन्ठान्छौं ?” वा “यो हुनै सक्दैन” वा “यास्ता हावादारी कुराहरु छाडिदेऊ” शंका एउटा विष हो र यसलाई रोक्ने औषधि परमेश्वरको आवाज हो । जब तपाईं परमेश्वरको आवाज सुन्नुहुन्छ यसले उक्त विषको विरुद्ध काम गर्छ । नोहाको जीवनमा भएका आलोचनाहरुको कल्पना गर्नुहोस्, मानिसहरुले यसो भने होला, “यो नोआ परमेश्वर उसँग बोल्नुभएको भनी ठान्छ, तर ऊ आफ्नो घर अगाडि एउटा जहाज बनाएर आपूmसँग भएको सम्पत्ति वरबाद गर्दैछ ।”। बाइबलले हामीलाई भन्छ कि नोआले परमेश्वरको वचन सुने । उसो भने नोआले के सुने त? परमेश्वरले संसारलाई नष्ट पार्दै हुनुहुन्छ भन्ने उहाँको चेतावनीलाई सुने । उनले त्यतिबेलासम्म नदेखेका कुरामा विश्वास गरे । अब विश्वास के हो त—“हामीले अहिलेसम्म नदेखेको कुरा हुन गइरहेको छ ”—यो नै विश्वास हो । यसकारण परमेश्वरले उनलाई दिनुभएको दर्शनबाट पछाडि फर्केनन, बरु उनले जहाज बनाइछाडे । परमेश्वरले तपाईंको जीवनको लागि तपाईंलाई एउटा उद्देश्य दिँदैहुनुहुन्छ, अनि केही मानिसहरुको नजरमा यो एउटा पागलपन जस्तो हुन सक्छ । तर परमेश्वरले बाइबलको वचनद्धारा तपाईंलाई जे भन्नुभएको छ, त्यो तपाईं जान्नुहुन्छ र तपार्इं त्यसैमा केन्द्रित हुनु आवश्यक छ र घुँडा टेक्नु आवश्यक छ ।
परमेश्वरको आवाज सुन्न उहाँको नजिक आउनुहोस्
“किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहा“को मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्” (हितोपदेश २ः६) ।

 

“तपाईं भन्न सक्नुहुन्छ, म परमेश्वरमा भरोसा गर्छु, तर उहाँको आवाज सुन्दिन ।”यदि तपाईंको मन अल्मल्याउने हजारौं कुराहरुले भरिएको छ भने, तपाईं परमेश्वरको आवाज सुन्न सक्नुहुन्न । परमेश्वरको आवाज सुन्न तपाईं उहाँको नजिक आउनुपर्छ । तपाईं एक्लै चुपचाप परमेश्वरको नजिक जानुपर्छ । बाइबलले भन्दछ, “शान्त होओ, र म परमेश्वर हुँ भनी जान” (भजन ४६ः१०) ।  शान्त हुनुको मतलब चुपचाप रहनु हो । उसो भए कसरी चुपचाप परमेश्वरको नजीक गएर उहाँको आवाज सुन्ने त ? तपाईं बाइबल लिएर एक्लै बस्नुहोस् र शान्त प्रकारले भन्नुहोस्, “हे परमेश्वर तपाईंको आवाज मलाई दिनुहोस्” अनि परमेश्वरको वचन पढ्नुहोस् र तपाईंको हृदयबाट उहाँसँग कुराकानी गर्नुहोस् । अनि परमेश्वरले भन्नुहुनेछ, म मेरो आवाज सुन्न र त्यसलाई पछ््यउन तिमीलाई आवश्यक बुद्धि दिन्छु, यहाँ यसरी लेखिएको छः “किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहा“को मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्” (हितोपदेश २ः६) ।अब यसरी प्रार्थना गर्नुहोस्ः “परमेश्वर म तपाईंको आवाज सुन्न चाहन्छु, शंकाको आवाज सुन्न चाहन्न । म अभैm तपाईंको नजीक आएर तपाईंलाई अझ राम्ररी चिन्न चाहन्छु, र म तपाईंको आज्ञा पालन गर्ने प्रतिज्ञा गर्दछु । म अब तपाईंले प्रयोग गर्न सक्ने र आशिष् दिन सक्ने व्यक्ति बन्न चाहन्छु ।” यी कुराहरुलाई मनन गर्नुहोस् ड्ड तपाईंलाई डर लाग्ने कुराहरु के के हुन् अथवा कस्ता किसिमका आलोचनाहरुसँग तपाईं डराउनुहुन्छ ? ड्ड यदि तपाईं आलोचनासँग डराउनुहुन्न भने कस्तो किसिमको सपनालाई तपाईंले पछ्याउनुभएको छ ?ड्ड तपाईं कसरी परमेश्वरको आवाज सुन्ने अभ्यास गर्दै हुनुहुन्छ ? ड्ड तपाईं चुपचाप उहाँको नजीक जानको लागि के कुरामा परिवर्तन हुनु आवश्यक छ ?ड्ड आÇनो जीवनमा परमेश्वरको निर्देशनलाई कसरी प्रतिक्रिया गर्नुहुन्छ ?ड्ड परमेश्वरको निर्देशनलाई पालन गर्न चाहनुहुन्छ भन्ने कुरा कसरी उहाँलाई देखाउनुहुन्छ ?

अनुवादकः दानियल भट्ट

Related Articles

Back to top button