कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन

संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको जन्म १९४६ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो ।

परिचित व्यापारी, टेलिभिजन व्यक्तित्व र द ट्रम्प अर्गनाइजेसन नामक संस्थाका मुख्य व्यक्तिसमेत रहेका तिनी धार्मिक दृष्टिकोणबाट ख्रीष्टियान हुन् । बाल्यकालमा तिनी मण्डलीमा जान्थे र बाल सङ्गतिमा उपस्थित हुन्थे । ख्रिस्टाब्द २०११ मा लिइएको एउटा अन्तर्वार्तामा तिनले भनेका छन्, “म प्रोटेस्टेन्ट हुँ । म प्रेसबिटेरिएन हुँ । तपाईंहरूलाई थाहै छ, कि विगतका वर्षहरूमा मण्डलीसित मेरो राम्रो सम्बन्ध रहेको छ । मेरो विचारमा धर्म एउटा राम्रो कुरो हो । मेरो विचारमा मेरो धर्म एउटा राम्रो धर्म हो ।”

ट्रम्पका अनुसार तिनी न्युयोर्कस्थित मार्बल कोलेजिएट चर्चमा जान्छन् । १९७७ मा यहीँ नै तिनले आफ्नो विवाह गरेका थिए । तिनी प्रभु-भोजमा सहभागी हुन्छन् ।

ट्रम्पले आफ्नो कृति द आर्ट अफ द डिल लाई आफूलाई मनपर्ने दोस्रो पुस्तक भनेका छन् । तिनको मनपर्ने पहिलो पुस्तक हो, बाइबल । तिनले भनेका छन्, “तपाईंहरूलाई थाहा छ [मलाई मनपर्ने] पहिलो पुस्तकचाहिँ कुन हो ? बाइबल । कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन ।”

टोनी पार्किन्स र राल्फ ए. रिडजस्ता परिचित इभान्जलिकल प्रोटेस्टेन्ट अगुवाहरूसित ट्रम्पको राम्रो सम्बन्ध रहेको छ । चुनावको प्रचार प्रसारको दौडानमा तिनले पास्टर इम्मानुएल लेमेलसनबाट आशिष् थापेका थिए ।

गत साल नोभेम्बर ९ मा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरी अमेरिकाका पौतालिसौँ राष्ट्रपति बनेका थिए ।

  • Kamal Adhikari

Related Articles

Back to top button