ख्रिष्टियन महासंघ जस्तो गरिमामय संगठनले बाहिर ल्याएको अबिव्यक्ति प्रति खेद व्यक्तगर्दै गम्भिर ध्यानाकर्षण भएको जानकारी गराईन्छ

पछिल्लो पटक राज्यको व्यबस्थापकिय सांसदबाट पारित फौजदारी ऐनको धर्मसम्बन्धी कसूरको धारा १५८, १५९ र १६० मा व्यबस्था गरिएको विबेदपूर्ण दण्ड सजाय जस्तो संबेदनसिलतालाई लिएर केही दिन अगाडी पत्रकार सम्मेलन मार्फत ख्रिष्टियन महासंघ जस्तो गरिमामय संगठनले बाहिर ल्याएको अबिव्यक्ति प्रति खेद व्यक्तगर्दै गम्भिर ध्यानाकर्षण भएको जानकारी गराईन्छ। बिभिन्न सामाजीक संजालहरू मार्फत विशेष जाति, वर्ग तथा अल्पसंख्यक ख्रिष्टियन धार्मिकसमुदाय प्रति लक्षित गरि धर्म तथा आस्थाको स्वतन्त्रता सम्बन्धि विश्वब्यापी मान्यताको उपहास गर्दै धार्मिक गतिबिधीलाई निषेध गर्नेगरी र सोही अभ्यासलाई अपराध सम्मत तुल्याउने फौजदारी ऐन प्रति माहासंघले गरिएको बिरोदाभास पूर्ण स्वागतको तुकनभएको स्पष्ट पार्दै, हाम्रा संगठन तथा नेत्रृत्वतहले नै आत्मसमर्पण गर्दा बिचारको अविब्यक्ति बाजिएको र बेमेलदेखिएकोले तत्काल सम्पूर्ण सरोकारवालाहरू मार्फत आधिकारीक धारणा संप्रेशन गर्न गराउन हार्दिक आग्रह गरिन्छ, यसर्थ नेपाल ख्रिष्टियन समाज, एन. सि. एफ. एन., महासंघ, संघ संगठन, (denomination) तथा संप्रदायहरू र मण्डलीहरू अबिभाजित एउटै कित्तामा उभिएर राष्ट्रब्यापी ख्रिष्टियन एकता महाअभियानको प्रारम्भगरि, परमेश्वरले दिनुभएको बुद्धि र ज्ञानलाई बिवेकपूर्ण तरिकाले प्रयोगगरि एउटै मन र एउटै बिचारको संयुक्त अवाजलाई बुलन्ध गरि सम्पूर्ण नागरिक अगुवा, बुद्धीजिबी, समाजसेवी तथा न्यायप्रेमि समुदायहरू संग सहकार्यको अभ्यास गरि, कूटनीतिक तवरले गम्भिर पहल गर्दै उक्त विभेदपुर्ण बिधेक तथा ऐन खारेज गर्नु पर्ने स्पष्ट धारणा अघिसारी उक्त मुख्य विषयमा अडान लिनुको बिकल्प नरहेको स्पष्ट छ।

 

जनजागरन पार्टी नेपाल हेटौंडा नगर समिती

  • Rose Tamang

Related Articles

Back to top button