मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

मानव बेचविखन, महिला र बालबालिका हिंसाको विरुद्धमा लडिरहेको संस्था जीवन बचाऔं नेपालले एक महिलालाई उद्धार गरेको छ । सो संस्थाका राष्ट्रिय निर्देशक जीवन रायमाझीको टोलीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल, मकवानपुर जिल्लाबाट उद्धार गर्न सफल भएको छ । लामो समयदेखि ३० वर्षिय महिला मानसिक संतुलन ठीक नभएकी, आफ्नो नाम र ठेगाना पनि बताउने अवस्थामा नभएकोले उद्धार गरिएको जानकारी रायमाझीले गराउनु भएको छ ।
ती महिला २०७४ चैत्र ३० गतेदेखि त्यस टोलका स्थानिय बासिन्दाहरुले जसोतसो बाँस दिएका थिए । तर कुनै संस्थाले चासो नलिएपछि यस क्षेत्रमा ३ वर्षदेखि कार्य गरिरहेको सो संस्थाले हिजो राति उद्धार गरेको थियो ।

उनीलाई एकान्तकुनास्थित रिदम मानसिक अस्पतालमा थप उपचारको लागि सिधै ल्याएको थियो । सो अस्पतालमा उनको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गइरहेको जानकारी प्राप्त भएको छ ।

Related Articles

Back to top button