महासंघ क्रिश्‍चियनहरूको छाता संगठन, आधिकारिक संगठन भन्नेहरूले यसको जवाफ दिनुपर्छ।

राष्ट्रिय इसाई समाज एकता केन्द्रको लेटरप्याडमा बामे गठबन्धनलाई भोट गरौँ भनेर बाहिरिएको विज्ञप्तिलाई लिएर राष्ट्रिय ख्रीष्टियान महासंघले त्यस्ता भ्रमात्मक विज्ञाप्तिमा नलाग्न भनि आफ्नो आधिकारिक फेसबुकद्वारा विज्ञाप्ति प्रकाशन गरेका थिए l

इसाई समाज एकता केन्द्रको लेटरप्याडमा बाहिरिएका कुरा आधिकारिक हुन् वा कसैले भ्रममात्र सिर्जना गर्न खोजिएको हो भन्ने कुरा आफ्नै ठाउँमा छ, तापनि महसंघले उक्त विज्ञाप्तिमा आफूहरू पवित्र धार्मिक समूहको संजाल भएका कारण राजनीतिक दलहरूको विषयमा सदैब तठस्त रहने बताएका थिए l

विडम्बना भनौ या चतुर्याइँ गरिरहेका भनौं, ख्रीष्टियान समुदायलाई आँच आउने काम नगर्न अरूहरूलाई सम्झाईरहेका ख्रीष्टियान महासघंले नै कांग्रेसलाई जिताउन सघाउने समाचार एकाएक बाहिरियो l यहाँसम्म कि उक्त समाचारलाई महासघंका अधिकारिक फेसबुकमा समेत सेयर गरियो l तर केहि मिनेटमा नै त्यो पोष्टलाई डिलिट गरिएको थियो l

काठमाडौँ खबर र अन्नपूर्णमा प्रकाशित उक्त समाचारको बारेमा महसंघले केहि पनि बोल्न सकेनन् l हिजो राखेको पत्रकार सम्मेलनमा उल्टै फौजदारी कानुनलाई स्वागत गरेर विवादमा तानिएका छन् l

राष्ट्रियस्थरको अनलाइन अन्नपूर्णले समेत लेखेको समाचार झूठो हो भन्न मुस्किल छ l र सत्य हो भने महासंघले कुन आधारमा कांग्रेसलाई भोट दिलाउने बचन दिएका हुन् सिंगो इसाई समुदालई प्रष्ट पार्न आवस्यक छ l

इसाई समुदायको नेतृत्वका लागि हुँ भन्ने कुनैपनि इसाई संगठनलाई, हामी भोट दिलाई दिन्छु भनेर विभिन्न राजनैतिक दलहरूसँग उठबस गर्ने अधिकार छैन l

कसैले पनि आफ्नो फाइदा र दुनो सोझाउन यस्ता खालका क्रियाकलाप नगरियोस् l यो सन्देश महासघं, इसाई सामाज, एनसिएफ् वा नेपाली इसाईहरूसँग सरोकार राख्ने सम्पूर्णलाई हो l कसलाई भोट हाल्ने, कसलाई रुचाउने हरेक व्यक्ति आफैमा निर्भर पर्छ l

सिंगो समुदायको आवाज बन्न खोज्नु अघि सयौं पटक सोचियोस् l

Fncn Nepal ले यस विषयमा प्रष्ट पार्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु l

नोट: आजसम्म मैले कसैलाई जोगाउ, कसलाई मारौँ भनेर विभेदी कलम चलाएको छुइनँ l राम्रो देख्दा राम्रो नै भन्छु, नराम्रो देख्दा नराम्रो l सधैँ इसाई समुदायको पक्षमा l

 

Related Articles

One Comment

  1. यसपाली क्रीस्चियन समुदाय/ समाजका ब्यक्तिहरुको अनेक नाटक हेरियो र दुख पनि लाग्यो साथै उत्साह पनि किनकी वचन पूरा भइरहेकै छ । बाकी रह्यो भोट हाल्ने कुरो सबै सिर्सस्थ पार्टी हरुले पहिला ईशाईहरुलाई पनि अरु समान हेर्न सिक्नु अनि ईशाई हरुलाई भोट माग्नु राम्रो हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा जुन पार्टिले क्रीस्चियन आयोग बनाउन सहयोग गर्छ र खुल्ला बिचार राख्न मौका दिन्छ त्यो पार्टीलाई भोट गर्नु पर्छ। संविधानमा धर्म परिवर्तन गर्ने गराउने लाई फौजदारी कानुन लगाउने भनेर सहि गर्ने पार्टिहरुलाई नेपाल भरी रहेका ईशाईहरुले चुनाब बहिष्कार गरेर आफ्नो औकात पर्दसन गर्न सक्नु पर्छ , ब्यक्तिगत स्वार्थमा बिक्नेहरु सबैलाई गाउँ ठाउकाले चिनेका छन। क्रीस्चियनहरुको अहित भाको छ भने सम्पुर्ण ईशाई जगतले बहिष्कार गर्न सक्नु राम्रो।

Back to top button