महिला बेचविखन एक पिडादायी वास्तविकता र सम्बोधनको लागि मण्डलीको भूमिका

घटना १

म मर्नुभन्दा अगाडि मेरो जन्मघर नेपालमाजान चाहन्छु तर मेरो परिवार र समाजले मलाई स्वीकार्छ कि स्वीकार्दैन भन्ने डरले जान सकिराखेको छैन,करिब ५४ वर्षिय साईली (नाम परिवर्तन) रूदै भनिन् । उनी १४ वर्षकीहुँदाउनको नजिकको नाता पर्ने एकजनाले भारतको मुम्बई स्थित कोठीमा बेचिदिएको थियो । एच. आई. भी. संक्रमण र अन्य दीर्घकालीन रोगले ग्रस्त साईलीले कामेको स्वरमा फेरि थप्छिन्ः यस्तो नर्क जस्तो ठाउँका मृत्युलाई पर्खेर बस्नु सिवाय मेरो केहि पनिविकल्प छैन । जवान छँदा कमाएको पैसा सबै अरुको लागिभयो । अहिले मसंग उपचार गर्ने खर्च त के खानको लागिपनि पैसा छैन । राम्रोसंग हिँडडुल पनिगर्न सक्दिनँ ।

यो वास्तविककथाएकजनामहिलाको हो जसले आफ्नो जीवनको चालीस वर्ष अरुको मनोरञ्जनको साधनभएर मुम्बईको कोठीमा बिताइन् । विद्यालयमानगई बसेकी, कलकलाउँदो अनिभर्खरै मात्रजवानअवस्थामाप्रवेश गरेकी साईलीकुनैपनिकाम गरेर पैसा कमाउनचाहन्थिन् । तर वास्तविकताभने उनकोलागि नै फरक भयो । फलस्वरुप जब उनले वास्तविकताथाहापाईन् त्यतिखेर उनको लागिनिकै ढिलो भईसकेको थियो कारण उनीउम्किनै नसक्ने गरि कालो कोठीमा फसिसकेकीथिईन् ।

घटना २

उमेरले ७वर्षका राजु मुम्बईको कोठीमा नै जन्मेका हुन् । मध्यरात सम्म छतमा चङ्गा उडाएर बस्ने राजु उनको बहिनीजन्मेपछि आमाको खाटमुनी रातबिताउँदै आईरहेको थियो । आधा रात सम्मआमाको कामगनुपर्ने बाध्यताको कारण निन्द्रालागेपनिउनलाई सुत्ने अनुमतिथिएन । यीदुवैजनावालवालिकाको आफ्नो वास्तविकबुवाथिएन ।

घटना ३

आफ्नै श्रीमानले मुम्बईको कोठीमा कामगर्न पठाएको तीनजना छोराछोरीको आमा रेखा (नाम परिवर्तन) दिउँसो मात्रमुम्बईको कोठीमा काम गर्छिन् । बेलुकीउनीआफ्नै कोठामा जान्छिन् । कोठीमा कमाएको पैसाले तीनहजार भारतीय रुपैया प्रत्येक महिनाघरभाडा तिर्छिन् र बाँकी रकमले छोराछोरी र श्रीमानपालिराखेकी छिन् । छोराछोरीलाई विद्यालयमा पढाउन पठाएपछि मात्र कोठीमा का मगर्न आउने रेखाउनको श्रीमानले केबल उसले कोठीमा कमाएको रकमखर्च गरेर बस्छ रे ।

घटना ४

मुम्बईका अन्य घरहरुमा डेरा असाध्यै महङ्गो भएकोले उषा (नाम परिवर्तन र अन्दाजी ४४–४५ वर्षकी) आफ्नो दुई छोराहरु सहितमुम्बईको एक कोठीमा डेरा गरि बस्छिन् । आफू १४ वर्षको हुँदाउनका एक आफन्तले मुम्बईको कोठीमा ल्याएर कामलगाईदिए पछि करिब आफ्नो जवानीअवस्थात्यहिं नै बिताएकीउषाको आफ्नै श्रीमानभने छैन । हालउनी कोठीको काम छोडेर एक कम्पनीमाकार्यालय सहयोगीको रुपमाकार्यरत छिन् । अन्यमहिला र किशोरी भन्दाअलिउच्च स्तरको जीवनबिताईरहेकीउषाको दुबैजना छोराहरु विद्यालयमा जान्छन् ।यद्यपीउनको दुःख र बेदनापनिअलि फरक नै छ । बिरानो देशमाआफै संघर्ष गर्दै छोराहरु हुर्काइरहेकीउनीआफू असुरक्षितभएकोले डर लागिरहन्छ रे । त्यसैले उनीआफ्नै देश र गाउँमागई ढुक्कसंग बस्न चाहन्छिन् । उनलाई नेपाल धेरै राम्रो लाग्छ । तर परिवार, आफन्त र गाउँलेले सजिलै स्वीकारेर बस्न दिदैनन्भन्ने डर र चिन्ताले गर्दा उनले उक्तकदम उठाउन सकेकी छैन ।

माथिउल्लेखितहृदयबिदारक चार वास्तविककथाहरु सिर्जिने गरि भएकामानव बेचविखनकाविभिन्न कारणहरु छन् ।तर आज म यि कारणहरु खोतल्नको लागि शुरुमा सम्पूर्ण आदरणीय पाठकवृन्दहरूलाई नै जिम्मादिएर तलउल्लेखितचार प्रश्नहरु सोध्न चाहन्छु ।
१. यीकथाहरुको व्यक्तिहरु किन बेचिइनपुग्यो ?
२. यस्तै प्रकारले फन्दामा पर्न सक्ने मानिसहरू हाम्रो मण्डली रसमुदायमा छन् त ?
३. हामी मण्डलीले समुदायसंग मिलेर यस समस्यालाई तत्काल कसरी रोक्नसक्छौं ?
४. दलालको प्रलोभनमा परेर बेचिनबाट मानिसहरूलाई जोगाउनहामी कसरी सक्षम हुन्छौं ?

यि त केबल बास्तविक घटनाका प्रतिनिधिकथाहरु मात्रहुन् । यि र यस्ता नरकीयजीबनबिताउनबाध्यकलिलाबालिका, किशोरी र महिलाहरुकाकथाहरु विश्व भरिका कोठीहरुमा अनगिन्ती छन् ।
मानव बेचबिखनदासत्वको नयाँ स्वरूपहो । यसमा मान्छेको किनबेच, दुव्र्यवहार र शोषण हुन्छ । यो एउटा खूबै फैलिएको समस्याहो ।समयको परिवर्तन संगै मानव वेचविखनकानयाँनयाँतरिकाहरु हाम्रा समुदायमा देखिरहेका छन् । सित्तैमावा पछि बिदेशमा कमाएपछि चुक्तागर्ने गरि पासपोर्ट, भिसा र हवाई टिकट जस्ता कुराहरुको व्यवस्थामिलाएर भारत हुँदै विभिन्न देशहरुमा लैजाने गरेको पाईन्छ । त्यसरी गएको अधिकांशदिदीबहिनीहरु घरेलुकामदार तथायौन धन्दा सहितअन्यधेरै नै कठिन कामगर्न बाध्यभएको कुराहरु विभिन्नखबर र प्रतिवेदनहरुमाबाहिर आउने क्रमअझै रोकिएको छैन ।

मानव वेचविखनकोलागि नेपाललाई एक उद्गम स्थानको रुपमा मानिन्छ । यहाँबाटवर्षेनीहजारौं मानिसहरु विदेशमा पैसा कमाउनजाने क्रममा ठगिएका र बेचिएका छन् । यसै क्षेत्रमाकार्यरत सरकारी तथा गैर सरकारी संस्था र कार्यालयहरुको प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०१५–१६ मालगभग ६,१०० जनामानिसहरु बेचिएको, १३,६०० जना वेचविखनहुनलागेको र ३,९०० जना हराएका छन् । ति १३,६०० जना वेचविखनहुनलागेको व्यक्तिहरु मध्ये ९८ प्रतिशतमहिलातथाकिशोरीहरु, ५० प्रतिशतवालवालिकाहरु र ५० प्रतिशतजवानहरु थिए ।

त्यसैगरि एक अन्तर्राष्ट्रिय संस्थाकाअनुसार नेपालबाट वर्षेनी सरदर सातहजार नेपाली चेलीहरु भारतकाविभिन्न कोठीहरुमा पुग्ने गरेकोछ । हाल सम्ममाकरिब दुई लाख नेपालीहरु भारतकाविभिन्न कोठीहरुमा यौन व्यवसायमा संलग्नहुँदै आईरहेको अनुमानप्रतिवेदनमाउल्लेख गरिएको छ ।

 

मानब बेचविखनको समस्यालाई सम्बोधनगर्न कस्को कस्तो भूमिका हुनुपर्छ ?
१. व्यक्तिगतभूमिका
येशुख्रीष्ट यस संसारमा छँदा समुदायबाट त्यागिएका र घृणा गरिएका सामरी स्त्री, रोगी, कर उठाउने व्यक्ति (जसले समाजमापापीको दर्जा पाएको थियो ।) व्यक्तिहरुको विशेष वास्तागर्नुभयो । अब हामी येशुख्रीष्टलाई पछ्याउने उहाँका सन्तानहरु भएकोले बेचिएका, बेचविखनमा पर्न सक्ने जोखिममा रहेका, बेचिए पछि समाजमापुनरस्थापनाहुनखोज्ने सम्पूर्ण महिलादिदीबहिनीहरुको जीवनको लागिआशादिने र येशुको प्रेमले प्रेम गर्न सक्ने हुनु जरुरी छ ।
बेचविखनमा पर्न सक्ने जोखिममा रहेका वालिका, किशोरी र महिलाहरु, त्यसैगरि विभिन्न ठाउँमा भएका कोठीहरुमा नरकीयजीवनविताउनबाध्यमहिलाहरुको दुःख र पीडालाई महसुस गर्न हाम्रो हृदयलाई खुल्ला गरौं । हितोपदेश ११ः२५ अनुसार उनीहरुको वास्ता गरौं । केहि ठूलो सहयोग गर्न नसके १ तिमोथी २ः१माभनिए जस्तै उनीहरुकोलागिःप्रार्थना गरिदिऔं । हामीले उनीहरुको लागिनियमित रुपमागरिदिएको प्रार्थनाको सहयोगले उनीहरुको जीवनमाकुनै ठूलो परिवर्तन हुन र त्यस्ता जबरजस्तीलगाईएको घृणित कार्यहरुबाट छुट्कारा पाउन सक्छ ।
२. मण्डलीकोभूमिका
ड्ड मण्डलीका सदस्यहरुको लागि

मानव बेचविखन एक उजागर गर्न गराउनहिच्किच्याएर लुकेर बसेको डरलाग्दो सवालहो । हाम्रो मण्डली परिवार पनि यसबाट अछुतो भने छैन । हालबदलिंदो परिस्थिति संगै दलालतथामानव तस्करीहरुले वेचचविखनका पुराना बाटाहरु छोडेर नयाँ बाटाहरु अपनाएका कुराहरु संचार माध्यममार्फत हाम्रो अगाडि ऐना झैं छलङ्ग छ । यो अवस्थामा मण्डलीका नेतृत्वतहले यस्ता डरलाग्दो सवालहरुबाट आफ्नो सदस्यहरुलाई सुरक्षितराख्नको लागिनीतिगत योजनाहरु बनाएर कार्यान्वयनगर्नको लागिअपरिहार्य छ । जसरी रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्ननदिनु वेश हो । त्यसैले यस्ता समस्याहरु सके सम्म मण्डलीमा आउनै नदिने र आएपनि सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्नको लागिमण्डलीलेप्रस्थान १८ः२०, हितोपदेश ९ः९ को वचनअनुसारनिम्नअनुसारको कदमचाल्न सकिन्छ ।
( वाल संगति, जवान संगति, दिदीवहिनी संगति, दाजुभाई संगति, आराधना संगति, घरेलु संगतिआदि सबै संगतिहरुमानिरन्तर रुपमा समय सान्दर्भिक मानव वेचविखन र यसबाट बच्नगर्नुपर्ने उपायहरुको विषयमावचन र शिक्षाबाट सिकाउने ।
( समय समयमामानव वेचविखन विरूद्ध एवं सुरक्षित बैदेशिक रोजगार सम्बन्धिविषयविशेषज्ञलाई निमन्त्रणा गरि जनचेतनाकाक्रियाकलापहरु संचालनगर्ने ।
( मण्डलीमा सम्पूर्ण सदस्यतथा परिवारहरुको निरन्तर निगरानीगर्ने संयन्त्रविकास गर्ने ।
( गरि कुनैपनि घटना हुनलागेको छ वाभईसकेको छ भने मण्डलीबाट तुरुन्तै सहयोग गर्ने संयन्त्र र परिपाटी निर्माण गर्ने ।
( कोहि घरबाट बैदेशिक रोजगारमाजानलागेको छ भनेती घरपरिवारमा भेटघाट र परामर्शलाई नेतृत्वतहवा नेतृत्व तहबाट तोकिएको व्यक्तिबाट निरन्तर जारी राख्ने ।

यस्ता कुराहरुलाई मण्डलीले आफ्नो सेवाकाईको मुख्यप्राथमिकताहरु मध्येको विषयमामा राखेर सम्बोधनगर्ने योजनाबनाएमा मण्डलीका सदस्यहरु वेचविखनबाट फस्नबाट जोगिन सक्छ । फलस्वरुपउनीहरु यसकाविषयमाअरुलाई सिकाउन, सल्लाहदिन र सहयोग गर्न सक्ने हुन्छन् । जब मण्डलीले चासो लिएर मानव बेचविखन विरूद्धको अभियानमाआफू जोगिएर अरु समुदायलाई सहयोग गर्न थाल्छ, तब वरपरका समुदायले मण्डलीका सदस्यहरुमा सुसमाचार देख्न थाल्दछ । यसको फलस्वरुप परमेश्वरको राज्यको पालतन्काउनयी र यस्ता सामाजिक संलग्नताहरु एउटा कोशे ढुंगो साबित हुन्छ ।

 

ड्ड बेचिएका र जोखिममाभएकाव्यक्ति, समुदाय र उनका परिवारको लागि

मत्ती १२ः२१अनुसार हामी र हाम्रामण्डलीहरुअरुको लागिएउटा आशाहो । त्यसैले बेचिइसकेका र बेचविखनमा पर्न सक्ने जोखिमभएकाहरुकोलागि मण्डलीले आशादिने खालकाकदमचाल्नुपर्दछ ।बेचिए पछि फर्कन चाहने साईली र उषा जस्तो महिलाहरुको लागिआत्मसम्मानका साथ घर फर्कने वातावरण तयार गर्न सक्षमभई अरुको लागिउदाहरण हुनुपर्नेछ । मण्डली सामदानमाथिको वत्तीहो त्यसैले बेचविखनको अन्धकारलाई हटाउन निरन्तर बलिरनुपर्छ । मण्डली समाजको लागि स्वाददिने नुन जस्तै हो त्यसैले बेचविखनका सवालहरु समाजबाट अन्तगर्नको लागि समुदायसंग घुलमिल हुनको लागि खुट्टा नकमाईकन उभिनुपर्ने आजको जरूरी छ ।
निष्कर्षमाभन्नुपर्दा बेचिइसकेका र बेचविखनमा पर्न सक्ने जोखिमभएकाव्यक्ति र परिवारको लागि प्रेम, वास्ता, र आशादिएर सिंगो समुदायमा मण्डली हितोपदेश १४ः३१, यसैया ५८ः१०माभने जस्तै एक नमुनाबन्न सक्नेछ ।

आमेन ।।।

शशी घलान मुखिया

 

 

Related Articles

Back to top button