ख्रीष्ट येशूमा भएर एकअर्काको खालि ठाउ भर्नुहोस्, गन्तव्यमा मात्र होइन, यात्रामा पनि रमाउनुहोस्

जीवन सुन्दर छ, तर सजिलो छैन । जीवन सबै प्रकृति र सास हुने प्राणीहरूभन्दा उत्कृष्ट छ, तर शुद्व छैन । जीवन सधैं समस्याहरू पन्छ्याउदै, अवरोधहरूलाई पार गर्नतिर जुटिरहेको छ । क्षणिक खुसी पाउन । एकैछिन ओठ्मा टासेर उडी दिने छोटोमिठो यर्थात चाख्न । यही जीवनको यात्रालाई सार्थक बनाउन मानिसले
अनेक दुःखकष्ट झेल्छन् । अतिनै ठूलाठूला जोखिमहरू उठाउँछन् । आÇनो जीवनको अन्तिम प्रस्तुति दिएर जानेहरू होस् या, अहिले अभिनय गर्नेहरू होस्, सबैले उत्कृष्ट जीवन जिउने अभिलाषा साचेकै हुन्, तर  विडम्बना थुप्रै मानिसहरूले आफूले पाएको सुन्दर मौकाहरूलाई ग्रहण गरेर पनि उत्कृष्ट जीवनको तुलनामा
उपभोग गर्न सकेका छैनन् । किनकि तिनीहरू सिधैं गन्तव्यमा पुगेर रमाउन चाहन्छन् र बीच बाटोमा पाएका खुसीहरूप्रति चासो
राख्दैनन् ।

कुनै ठाउँमा पुगिसकेपछि मात्र खुसी र सन्तुष्टि हुनुपर्छ भन्ने विश्वासमा जिउनु गलत रहेछ । धेरै मानिसहरूले यो सोच्छन्, म कुनै सफलतामा पुगिसकेपछि, अर्थात लामो समय प्रतिक्षा गरिएको यात्रामा पुगेपछि, म रमाउनेछु । यो सोच गलत रहेछ । किनकि सबैभन्दा खुसीको क्षणहरू बाटोमै आउछन्, यात्राको अन्त्यमा होइन ।
उदाहरणका निम्ति, ‘‘मेरो जीवनको बाटोमा मैले ख्रीष्ट येशूलाई पाएँ । ख्रीष्टलाई जीवनमा पाउनु भनेको मेरो बाटोमा नै मैले खुसी पाएको हुँ । ख्रीष्टको रगतमा बचाइएको मेरो जीवनको अन्तिम गन्तव्य त सुरक्षित छदै छ, तर यो यात्रामा म अहिले नै रमाउनुपर्छ भन्ने कुरा म बुझ्दछु ।’’” यसको अर्थ यही हो कि आज नै तपाईंंको जीवनमा भएको असल कुराहरू निकाल्नुहोस्, भोलि होइन । परमेश्वरको वरिपरी तपाईंंको जीवन निर्माण गर्नुहोस् ।

हाम्रो जीवनले भोग्ने कुराहरूको निम्ति सहनशक्ति विकास गरिराखौं । किनकि हरेक मानिसको जीवनमा कठिन समयहरू आउँछन् । हरेक मानिसले चाखेर जाने कष्टहरूले हामीलाई पनि बाँधेको छ । सबै सम्बन्ध र जीवन यात्रामा उतारचढावहरू आउने नै छन्, यसकारण जीवनको यात्रामा भेटिने सबै खुसीहरूमा रमाउनुहोस्, गन्तव्यमा मात्र होइन । अनि बाटोमा भेटिने ती दुःख र कष्टहरूको निम्ति पनि तयार हुनुहोस् । हिजोआज थुप्रै ठाउँहरूमा पुग्दा ख्रीष्टलाई पाएका जवानहरू हरेस खाएर मुर्छा परेको देख्छु । रोगहरूले ग्रसित इसाईहरू चंगाईको नाउँमा परमेश्वरको बलिदानलाई लतारेर अन्यत्र बाटो खोजिहिँडेको देख्छु । के यो नै सम्पूर्ण जीवन होर ? उनीहरूले भौतिक जीवनको असफलता र कमजोर पक्ष्यहरूलाई लिएर रमाउन छोडेका छन् । वास्तवमा तपाईंंको जीवन यहाँ रोकिन र निराशामा बाँच्नको लागि होइन तर आशिषको कारण बन्न चल्नुपर्छ । रोगमा होस् या अभावमा, त्यो स्वर्गीय आनन्दको स्पर्शलाई जीवनमा अनुभव गरेर उठ्नुहोस् । रमाउनुहोस्, आज नै रमाउनुहोस् ।

जीवनको बाटोमा रमाउन सक्ने तरिका भनेको एकअर्काको खालि ठाउँ भर्नु हो । मेरो जीवनमा समस्या छ, तपाईंंको जीवनमा पनि छ । मैले धेरै कुराहरूको असन्तुष्टि र खाँचो महसुस् गरेको छु, तपाईंंले पनि गर्नुभएको छ । आफैले बुझ्न नसकेको कतिपय अवस्थाहरूबाट म भागिरहेको छु, सायद तपाईंं पनि । यसको मतलब यही हो, मेरो जीवनमा खालि ठाउँ छ । तपाईंंको जीवनमा पनि खालि ठाउँ छ । तर दुवैलाई मिलाएर हेर्ने हो भने हामीमा कुनै खाली ठाउँ छैन । यसको निम्ति हामीले ख्रीष्ट हृदयमा भएर एकअर्काको खालि ठाउँ भरेर रमाउन सिक्नुपर्छ । यो यात्रामा आज नै रमाउन सिक्नुहोस् । अरूहरूलाई प्रेरणा दिनुहोस् । आफूले अरूबाट चाहेको जस्तो सम्बन्ध अरूसँग बनाउनुहोस् । सफलता र असल सम्बन्धहरू बनाइराख्नप्रति सन्तुलन गर्ने परमेश्वरमा सधैं धन्यवादी हुनसके हामीले यो जीवनको यात्रामा थुप्रै खुसीहरूको उत्सव मनाउन सक्नेछौं । यसकारण येशू ख्रीष्टमा भएर एकअर्काको खालिठाउँ भर्नुहोस् ।

Related Articles

Back to top button