युवाहरू राष्ट्र र मण्डलीका खम्बाहरू हुन् ।

युवायुवती घर र समाजको मात्र होइन राष्ट्रकै शक्ति हुन् । राष्ट्रमा भएका विभिन्न परिवर्तनहरूमा युवाहरूको प्रत्यक्ष एंवम अप्रत्यक्ष सहभागीता रहेको छ । यसकारण युवाको अर्को नाम शक्ति हो । परिवर्तनको संम्वाहक युवा हुन् भन्दा पक्कै फरक पर्दैन होला । आज संसारमा हेर्ने हो भने जुनसुकै क्षेत्रमा युवाहरूको ठूलो भूमिका देखिन्छ । वास्तवमा भन्ने हो भने युवाहरू राष्ट्र र मण्डलीका खम्बाहरू हुन् । आज राष्ट्र र राष्ट्रमा भएका मण्डलीले धेरै ठूलो आशा राखेको छ । किनभने आजको नेतृत्वपन सबैक्षेत्रमा प्राय युवाहरूको भूमिकारहेको देखिन्छ । परिवार, समाजमा रहेका नराम्रा गतिबिधि, राष्ट्रमा भएका विभिन्न प्रकारका जल्दोबल्दो समस्याहरू समधानको निम्ति महत्वपूर्ण भूमिका निभाउनु पर्छ । किनभने जब मानिसले यस संसारमा जन्मलिन्छ उसको शारिरिक बृद्धिसंगै उसले थुप्रै अभिलाषाहरू लिएर जिवनलाई सुरुवात गर्दछ उसका धेरै लक्ष्यहरू, सपनाहरू, योजनाहरू हुन्छन् । म पढ्दैजान्छु, ठूलोमान्छे बन्छु, पाइलट बन्छु, डक्टर बन्छु, इन्जिनियर बन्छु, समाजसेवी बन्छु, विवाह गर्छु, घर बनाउछु, व्यवसाय गर्छु, यो गर्छु, त्यो गर्छु इत्यादि । योजनाहरू सफल बनाउन हरेक चुनौती र कठिनाइ अवस्थामा विभिन्न किसिमले संघर्ष गर्दछन् । तर युवाहरू बदलीदो संसारमा दिनहुँ दिन कमजोर, असफल, निराशा, आशाविहिन बन्दै गएको छ । किनभने क्षणीक कुरामा (२ तिमोथि ३ ः२–४) जवानहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरुको बदनाम गर्ने, दुराचारी, क्रुर,स्वार्थी, असल कुरालाई घृणा गर्ने, आमा–बुबाको आज्ञापालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक प्रेमरहित, खुशी पार्न नसकिने, अरुको बद्ख्वाइँ गर्ने, विश्वासघाती, उताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलास प्रेम गर्ने । आशा हराएर निराशा नै निराशा लिएर भौतारिएर जिवनमा अशान्ति, पिर, चिन्ता, फिक्री, रोग, र मृत्युको डरले सताइरहेको छ । धर्मशास्त्र पवित्र बाइबलले परमेश्वर मानिसको मृत्युमा खुशी हुनुहुन्न, तर सबै मानिसले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ ।
भन्दछ “किनभने भित्रबाट नै अर्थात मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मुर्खता निस्कन्छन् । यी सबै खराब कुराहरू भित्रबाट नै निस्कन्छन् र मानिसलाई अशुद्ध पार्दछ ।” (मर्कूस ७ः२१–२२ ) । परमेश्वर मानिसको मृत्युमा खुशी हुनुहुन्न, तर सबै मानिसले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ । पवित्र धर्मशास्त्र बाइबलले भन्दछ “ हामी सबै भेँडाभैmँ बरालीएका छौँ । हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ ।” (यशैया ५३ः६) सबै मानिसहरू पापमा जन्मदछन् र जन्मदेखि नै स्वभावैले खराबबाटोतिर लाग्दछन् । र अनन्त मृत्युतिर गइरहेकाछन् । “….परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, दुष्टको मृत्यु म चाहन्न, बरु दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागेर बाँचुृन् भन्ने म चाहन्छु । आ–आफ्नो दुष्ट चालहरू त्याग, त्यागिहाल । हे इस्राएलका घरना हो, तिमीहरू किन मर्छौ ?” परमेश्वर मानिसहरू प्रति अतिनै अनुग्रहि हुनुहुन्छ । प्रत्येक युवाहरूले आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताका आफ्नो दुष्ट चाल त्यागेर परमप्रभु आफ्ना परमेश्वर तर्फ फर्कने हो भने कस्तो हुन्छ होला आजका युवाहरूको अवस्था ?
यसकारण आजका युवाहरूले आ–आफ्नो दुष्ट चालहरू त्यागेर परमप्रभु परमेश्वरको योजनालाई खोज्नु हो भने युवाहरूमा परमप्रभु परमेश्वरले एउटा यस्तो शक्ति हालिदिनु हुन्छ जुन शक्तिले युवाहरूमा भएका सबै समस्याहरू माथि विजय हुदै आ–आफ्नो लक्ष्यहरू, सपनाहरू, योजनाहरू पुरागर्दै हरेक उद्देश्य प्राप्तीको निम्ति निरन्तर अगाडी बढीरहन सक्नेछन् । “ …. आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर ।” (उपदेशक १२ः१) वास्तवमा पवित्र धर्मशास्त्र बाइबलले भनेभँैm परमप्रभु परमेश्वरको हामी प्रत्येक युवाहरूले आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्दै आफ्नो दुष्ट चाल त्यागेर परमप्रभु आफ्ना परमेश्वर तर्फ फर्कनेहो भने कस्तो हुन्छ होला आजका युवाहरूको अवस्था ?

पा.सिलास रम्तेल

Related Articles

Back to top button