सिङ्गिङ एण्ड डान्सिङ्ग स्टार टेलिभिजनमा आउने

Bishwas Thapa

October 27, 017

१० महिनादेखि शुरु भएको सिङ्गिङ एण्ड डान्सिङ्ग स्टार आयोजकले आज एक पत्रकार सम्मेलन गरि आधिकारीक जानकारी दिएको छ । यस कार्यक्रमका संयोजक अविनास राईले सिङ्गिङ एण्ड डान्सिङ्ग स्टार सुरु गर्नुको उद्देश्य नै इसाई कला र संगीतलाई माथि उठाउने रहेको जानकारी गराउनु भयो ।

इसाई कला र संगीतलाई उचाई प्रदान गर्नको निम्ति पहिलो पटक टिभी टुडेबाट शुक्रबार र शनिबार ६ः३० देखि ७ः०० बजे प्रशारण हुनेछ ।
केही वर्षअघि नेपाल चर्च स्टार पहिलो, भ्वाइस फर क्राइस्ट कार्यक्रम नेपालमा भइसकेकोमा पछिल्लो समय आएको यस कार्यक्रमले नौलो स्वाद लिएर आएको छ । यस कार्यक्रमको स्वाद भनेको नै सिङ्गिङ र डान्सिङ्गको बेजोड तालमेल हुने आयोजकको टिमको दावी छ । ९ हप्तासम्म चल्ने बालाजुको एक चर्चमा सुटिङ हुनेछ । निर्णायक मण्डल र भोटिङ्ग सिस्टम आधा आधा अधिकार हुनेछ ।

निर्णायक मण्डलमा गायनतर्फ गगन शुब्बा, राजेश राई र नृत्यतर्फ नीलिमा कोईराला, सानीया शाह हुनुहुन्छ । स्मरण रहोस चर्च स्टार, भ्याइस फर क्राइस्टदेखि हालसम्मको कार्यक्रममा गगन सुब्बा एक मात्र एक्ला निर्णायक मण्डलमा पर्न सफल भएका छन् । उनी खरो इसाई लेखक पनि हुन् ।

डान्स कति चर्चहरुले सोच्ने दृष्टिकोण फरक रहेको छ भने सो कार्यक्रमले सो दुष्टिकोणमा परिवर्तन ल्याउने रेडियोकर्मी तथा निर्णायक मण्डलका निलिमा कोइरालाको दाबी रहेको छ । उनीले थपिन डान्स गरेर पनि सुसमाचार र परमेश्वरको महिमा गर्न सकिन्छ भन्नेमा विश्वस्त थिइन ।

सो कार्यक्रम ग्रेस ज्वेलर्सले मुख्य प्रायोजन गरि सहयोग गरेको छ भने होटल फ्लोरीडा, फिट्नेश् वल्ड सह प्रायोजन गरेको छ । विभिन्न पत्रकारहरुको प्रश्नलाई संयोजक र निर्णायक मण्डलहरुले जवाफ दिएका थिए ।

इसाई कला र संगीतलाई स्तरिय, प्रसिद्ध र परमेश्वरको महिमा गर्ने यस्ता कार्यक्रमहरुको निम्ति प्रार्थना र सहयोगको हातहरुको आवश्कता रहेको छ ।

Related Articles

Back to top button