यो संसारकै सर्वाधिक अग्लो कृत्रिम ख्रीष्टमस ट्रि श्रीलङ्कामा

यो संसारकै सर्वाधिक अग्लो कृत्रिम ख्रीष्टमस ट्रि हो । श्रीलङ्काको विशालतम र वाणिज्यिक राजधानी सहर कोलोम्बोमा निर्मित २३७ फिट अग्लो यस ट्रिलाई गत सालको ख्रीष्टमस सन्ध्यामा खुला गरिएको थियो । फलाम, काठ र प्लास्टिकका जालीबाट निर्मित यो ट्रिलाई सोली आकारमा बनाइएको छ ।

८० लाख नेपाली रुपियाँको लागतमा निर्मित यस ट्रिमा रातमा पनि चमक आओस् भनेर ६ लाखवटा एलईडी बल्ब जडान गरिएका छन् । ट्रिको टुप्पामा २० फिट अग्लो ख्रीष्टमस तारा जोडिएको छ जसको तौल ६० किलोग्राम रहेको छ । १५० जना कामदारद्वारा निर्मित यस ट्रिलाई गत साल अगस्टबाट बनाउन सुरु गरी डिसेम्बर २४ मा खुला गरिएको थियो ।

यसले २०१५ मा चीनमा निर्मित १८४ फिट अग्लो ख्रीष्टमस ट्रिको साविक विश्व रेकर्डलाई तोडेको छ ।

Related Articles

Back to top button