चार प्रकारका ताराहरु

ख्रीष्टमसको महिनामा प्रायः ईसाइहरूले आÇनो घरको ढोका र सिलिङमा अल्गो तारा झुन्ड्याउने गर्छन् । तर यस्तो प्रचलन कहाँबाट सुरू भयो भन्ने बारेमा हामीलाई थाहा नहुन पनि सक्छ । किनभने प्रायले त्यो अरुको देखासिखी मात्र गरेका हुन्छन् । यदि कसैले यो प्रचलनको बारेम धेर थोर जानकारी छ भने पनि सबैको मत एकै प्रकारको नहुन पनि सक्छ किनभने यो प्रचलन बाइबलको आज्ञा होइन तर ख्रीष्टप्रति गरेको विश्वाससँगै मिस्रित भएर भित्रिएको एउटा परम्परा मात्र हो ।
तर बानी लागेको इसाईहरूलाई ‘तारा नझुण्ड्याउनु’ भन्यो भने त ‘ख्रीष्टमस नै खल्लो हुन्छ’ भन्छन् अनि थप कुरा ‘बल्ल बल्ल आएको हाम्रो वर्ष दिनको एउटै चाड हो घर आँगन त झिलिमिलि बनाउनु प¥यो नि’ पो भन्छन् । यसकारण म ‘तारा नझुण्ड्याउनु’ चाहिँ भन्दिन तर झुन्ड्याउने नै हो भने ताराको अर्थ चाहिँ हामीले बुझ्नैपर्छ ।
बाइबलमा धेरै ठाउँहरूमा ताराहरूको बिषयमा लेखिएको छ यसकारण वचनमा लेखिएको ति ताराहरूले केही न केही एउटा विशेष् सन्देश अवश्य दिएको छन् ।
बाइबलमा भएको चार प्रकारको ताराहरू र त्यसको सांकेतिक अर्थहरू
(१) बिहानको तारा ( प्रकाश २२ः१६)
यो ताराले प्रभु येशूलाई दर्शाउँछ । उहाँ बिहानको चम्किलो तारा हुनुहुन्छ ।
(२) चम्किलो तारा (प्रभातको पुत्र) (यशैया १४ः१२)
यो ताराले शैतानलाई दर्शाउँछ । यशैयाको यस खण्डमा बताइएको कुरा स्वर्गबाट खसालिएको प्रधान दूत लुसिफरलाई भनिएको हो ।
(३) सधैं चम्किरहने ताराहरू ( दानियल १२ः३)
सातवटा ताराहरू ( प्रकाश १ः१६, २०)
यी ताराहरूले परमेश्वरको जनहरूलाई दर्शाउँछ ।
(४) अन्तरिक्षमा भएको तारागणहरू (अøयूव ९ः९)
यो ताराहरूलाई परमेश्वरले चिन्हहरू, ठहराइएको चाडहरु, दिनहरु र वर्षहरुको निम्ति सृष्टि गर्नुभयो ।
(उत्पत्ति १ः१४, प्रकाश ६ः१३)
प्रभु येशूलाई र शैतानलाई दर्शाउने ताराहरुमा भएको भिन्नता
प्रभु येशूलाई दर्शाउने ताराचाँहि छ मुखे तारा अर्थात् छवटा कोण भएको तारा हुन्छ यस प्रकारको तारा इस्राएलको झण्डामा छ जसलाई दाउदको तारा पनि भनिन्छ ।
तर शैतानलाई दर्शाउने ताराको चाहिँ पाँचवटा कोण हुन्छ । यो पाँच मुखे तारा अहिलेको संसारमा चलिरहेको शैतानको चर्च (ऋजगचअज या क्बतबल) को लोगो (ीयनय) पनि हो । यस्ता संगठन, गुप्त समाज (कभअचभत कयअष्भतथ) जसलाई क्ष्ििगmष्लबतष् पनि भनिन्छ, यो समाजको लोगो पाँच मुखे ताराको भित्र भागमा एउटा बाख्राको टाउकोलाई देखाइएको छ । त्यो बाख्राको दुइवटा सिङले ताराको माथिल्लो दुइवटा कोण, र त्यसको दुईवटा कानले ताराको बीचको दुइवटा कोण र बाख्राको मुखको भागले ताराको तल्लो कोण बनिएको छ ।
निष्कर्ष
अचम्मको कुरा, प्रायः इसाईहरूले आÇनो घरमा पाँचवटा कोण भएको ठूलो तारा झुण्ड्याएर गमक्क पर्छन् तर बाइबलको वचनअनुसार घरको दैलो र सिलिङमा तारा झुन्ड्याउनु भनेको होइन तर हामी आफै त्यो तारा बनेर अन्धकारमय संसारमा चम्किनुपर्छ ।
(फिलिप्पी २ः१५ अंग्रेजी बाइबलबाट)
एक समय, पूर्वका ज्ञानी मानिसहरूलाई ताराले बाटो देखाएका थिए र तिनीहरूले येशूलाई भेटेका थिए । वचनले हामीलाई पनि तारा भनेको छ भने के हामीले मानिसहरूलाई बाटो देखाएका छौं ?
के आज हामी पनि प्रेरित पावलले फिलिप्पीको मण्डलीलाई भने झैं, टेडा र बरालिएका पुस्ताको बीचमा ताराहरु झैं चम्किरहेको छौं ?
के हामीलाई पछ्याउदा मानिसहरूले येशूलाई भेटेका छन् ?
कतै हामीले वर्षमा एकपल्ट मात्र घरको अगाडि ठूलो ख्रीष्टमसको तारा झुन्ड्याएर परम्परामा अल्झिरहेको त छैनौं ?
यो कुरा नबिर्सिनुहोला त्यो तारा आजको पुस्तामा तपाई र म हौं ।
त के मानिसहरूले तपार्इंलाई पछ्याउँदा येशूलाई भेट्छन् त ?

 

(पास्टर बिमल छेत्री, सिलिगुढी)

Related Articles

Back to top button