विचरा बैरागी साइँला दाई !

– हरि जिज्ञासु

कलेज सकिएपछि आफूलाई चाहीने सामग्री झोलामा प्याक गरेर घरको यात्रा सुरु गरेँ । बसन्तऋीतुको भर्खर आगमन भएकोले दशैँ तिहार आउँने वित्तिकै मानिसहरुले नयाँ पोसाक लगाए जसरी प्रकृतिका बुट्यानहरुले पनि पालुवा फेरिरहेको दृष्य गाडिको झ्यालबाट प्रस्ष्ठ देखिन्थ्यो । धेरै घुम्ती र लामो यात्रा भएकोले विहान हिँडेको गाडि साँझ सदरमुकाम पुग्थ्यो बाटोमा पलाई रहेका नयाँ पालुवामा बसेर कोहीली कराएको मिठो धुन र गाडिको हर्ण ले मलाई भाभुवक बनाउँथ्यो । सदरमुकाम एक दिन बसेर भोलीपल्ट फेरि मेरो जन्मभूमिको यात्रा तय गरेँ । गाडि मेरो गाउँसम्म अझै पुगिरहेको थिएन । बीचबाटोसम्म गएर त्यहाँबाट ४ घण्टा उकालो चढेर एउटा हिमाल काटेपछि गाउँ झर्नुपथ्र्यो । सदरमुकामबाट गाडिमा चडेर बीचबाटोमा नै बास बसेँ । किनकि त्यही दिनमा गाउँको यात्रा गर्ने हो भने अलि पुग्न असम्भव थियो । भोलीपल्ट विहानै पैदल यात्रा सुरु गरेँ । गाउँको नक्सा र त्यहाँको जनजीवन मेरो आँखा अगाडि झलझल्ती आइरहेको थियो । म उकालो चढ्दै थिएँ । झनै रमाईलो बातावरणका रमाईला दृष्यहरु देखिन्थेँ । लालीगुराँसले बन नै रातै भएको थियो । त्यसमा फेरि न्याओलीको आवाज मनमोहक बातावरणले कतिखेर उकालो काट्नै लागेको पत्तो भएन । लेकको उकालो काट्नै लाग्दा विश्राम गर्नको लागि एउटा विसौनी भेटिन्छ । त्यहि विसौनीमा पुग्न केही मिटेट थियो । एउटा निलो सट लगाएको र छेओइमा एउटा झोला राखेको व्यक्तिले एउटा हातले चुरोट सुरुक्क तानेर बाक्लो धुँवा विन्दास पाराले उडाएको देखेँ । म नजिकै पुगेँ । उनी त मेरै गाउँका साईँलादाई पो रहेछन् । दाईलाई दूइृ हात जोडेर ढोग गरेँ । उनीले न्यास्रो अनुहारमा मेरो ढोक फर्काए उनी विदेशबाट आको पनि थाहा थिएन मलाई । उनले त्यसरी चूरोट खाएर धुवाँ उडाएको जीन्दगीभरी देखेको थिएन् । गाउँ समाजले इमान्दारको परिचय दिएको थियो उनलाई । मैले उनलाई त्यस्तो अवस्थामा देख्दा छक्क लाग्यो । केही छिन् पछि उनलाई सोधेँ । “दाई ! तपाईँ त यस्तो मान्छे हैन त ? किन यस्तो अवस्थामा पुग्नु भाको हो ?” बुढाले भावुक हुँदै जवाफ दिए । “ के गर्नु बाबु मान्छेलाई समयले परिवर्तन हुन बाध्य पार्दोरहेछ त्यसैले यो अवस्थामा छु ।” कुरो खोतल्दैजाँदा त दाई विदेशबाट श्रीमती पोइल गएको खबर सुनेर हताहतारमा नेपाल फर्केका रहेछन् । नेपाल फर्केपछि घरमा साना बच्चाहरु बीचल्लीमा परेको र घरको ढोकामा ताला लागेको देखेर त्यो पीडा विर्सनको लागि चुरोटको साहारा लिन थालेका रहेछन् । उनको यो अवस्थालाई देखेर म निकै दुखी भएँ । आँखाबाट आँसु रसाउँन थाले । अन्तिममा सोधेँ अहिले कहाँ जाना लाग्नुभएको हो त ?“उनले जवाफ दिए । बालबच्चालाई आफन्तको जीम्मा दिएको छु, घरमा ताला लाकोलाई छ । अब ती बालबालिकालाई पढाउँन र दुख विर्सनको लागि इण्डीया जाना लाको बाबु ।” उनको जवाफ सुनेर मलाई दया लाग्यो अनी उनलाई केही पीडा कम हुने प्रेरणा प्रदान गर्दै घरमै बसेर केही गर्नुपर्छ भन्ने सन्देश दिएर म सँगै घरमा फिर्ता गरेँ ।

Related Articles

Back to top button