बिस्व सन्डे स्कुल डे-बिस्व बाल संगति दिवस २०१७

प्रकाश पाख्रिन

हिजो नोबेम्बर ५ तारिख बिस्व सन्डे स्कुल डे अर्थात बाल संगति सुरु भएको दिनको सम्झानामा बिस्वका विभिन्न मण्डलीहरुमा बिभिन्न कार्यक्रम गरि मनाइयो | सन १७३६ सेप्टेम्बर महिनाको १४ तारिखका दिन युकेको ग्लुचेस्टरमा जन्मिनुएका रोबर्ट राइकेसले १७७६ मा सन्डेस्कुल सुरुवात गरेका हुन् |

एक दिन रोबर्ट आफ्नो कार्यालयमा बसिरहेको अवस्थामा सडकमा केहि बालबालिकाहरु हल्ला गरि खेल्दै गरेको दृश्यले रोबर्टलाई बालबालिकाहरुको लागि  केहि गर्ने सोचको जन्म भएको हुन्छ जसको फल स्वरूप सन् १७७६ मा पहिलो पटक बालबालिकाहरुलाई मण्डलीमा ल्याई सिकाउने र पढाउने काम सुरु हुन्छ | त्यो भन्दा पहिले मण्डलीमा बालबालिकाहरुको निम्ति छुट्टै संगति भनेर सुरु गरिएको थिएन | सुरुका दिनहरुमा रोबर्टले बाइबलबाट बिभिन्न पदहरुलाई प्रयोग गरि बालबालिकाहरुलाई सिकाउने गरिन्थ्यो, बाइबलका पदको साथमा सामाजिक मूल्य मान्यता, सस्कृतिका कुराहरुलाई समेत सिकाउने गरिन्थ्यो | रोबर्ट ग्लुचेस्टर जर्नल न्युज पत्रिकाको प्रकाशक र सम्पादक समेत रहेको थिए | सन् १७७६ मा युकेबाट सुरु भएको सन्डे स्कुलको परिकल्पनालाई आज बिस्व भर बिकाशित हुदै लाखौ बालबालिकाहरुलाई ख्रिस्टको प्रेममा डोर्याउने काम भैरहेका छन् |  सुरुका दिनहरुमा सन्डे स्कुललाई आत्मिक कुरालाई मात्रै प्राथमिकता नदिई बालबालिकाहरुको सर्बंगिन विकासलाई अधार मानेर संचालन गर्ने गरिन्थ्यो जसको फलस्वरूप ८६ प्रतिशात भन्दा धेरै बालबालिकाहरु सन्डे स्कुलमा उपस्थित हुने गरिन्थ्यो | रोबर्टको कार्यकालमा यो परिकल्पना अनि अभियान सफल भए त पनि उसको मृत्यु पश्यात भने बालबालिकाहरु सन्डेस्कुलमा उपस्तित हुने क्रम कम हुदै गएको इतिहासबाट थाहा गर्न सकिन्छ |

नेपालको इसाई मण्डलीको इतिहासलाई हेन्रे हो भने पनि सुरुवातका दिनहरुमा मण्डलीमा  बालबालिकाहरुको लागि खासै बाल संगति अर्थात शनिबार स्कुल संचालन गरेको पाइदैन | बिभिन्न देशहरुबाट मिसिनारीहरु आएका मण्डलीहरुमा मात्रै बालबालिकाहरुको निम्ति बाल संगति गरिएको भए त पनि सबै स्थानीय मण्डलीहरूलाई समेट्न सकिरहेको थिएन | रेभ. एलिया प्रधानको अनुसार ति दिनहरुमा नेपालमा करिब ४०- ५० वाट जति सुनेका र थाहा भएका मण्डलीहरु थिए, सबै मण्डलीहरुमा एकरुपता थिएन, कतिमा मिसिनारीहरु भएको बेला बालबालिकाहरुको निम्ति मण्डलीमा भएका बालबालिकाहरु जम्मा गरि बाइबलका कथा, गितहरु सिकाइन्थ्यो तर निरन्तर भने हुन् सकेको थिएन | बिक्रम सम्बत २०३२ साल देखि पोखराको बाघबजार मण्डलीबाट उहाँ आफैले मण्डलीमा भएका नानीहरुलाई बाइबलीय शिक्षा  सिकाउने र आत्मिक रुपमा हुर्काउने काम सुरु भयो र पछि यस प्रकारको सेवाकाई  नेपालका मण्डलीमा अति नै आबस्यक छन भन्ने कुरा त्यस बेलाका मण्डलीका पास्टर अगुवाहरुको प्रार्थना र छलफल पछि  रेभ. एलिया प्रधानले बिक्रम सम्बत २०४० सालमा आधिकारीक रुप नेपालमा पहिलो बाल संगतिलाई संचालन गर्न र सुब्यवास्तित गर्नको लागि नेपाल बाल शिक्षा संगति भनेर सुरु गरिएको थियो | करिब बिक्रम सम्बत २०३० सालदेखि नेपालको राजधानीका धेरै मण्डलीहरुमा आफ्नै स्रोत साधान प्रयोग गरि बाल संगति सुरु गरिएको पाइन्छ  | २०४६ सालको जनाआन्दोलान पछि भने नेपालमा धेरै बालबालिकाहरुको मझमा सेवाकाई गर्नको निम्ति विभिन्न संघसस्था स्थापना कुरा रेभ. एलिया प्रधानको रहेकको छ  |

युकेबाट सुरु भएको सन्डे स्कुल अर्थात् बाल संगति आजसम्मको बिस्व इतिहासलाई हेर्ने हो भने अधिकांश ब्याक्तिहरुले आफ्नो बाल्य अवस्था अर्थात बाल संगतिबाट नै येशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गरेको तथांयक रहेको छ  | बिशेस गरि चार वर्ष देखि चौध वर्ष उमेरका बालबालिकाहरु जो बाल संगतिमा सहभागी हुन्छन उनीहरुले यहि उमेरमा नै ख्रिस्टमा आफ्नो जीवन अर्पण गर्ने गर्छन जुन कुरालाई मध्ये नजर गर्दै अहिले यहि समुहका बालबालिकालाई लक्षित गरि बाल कार्यक्रमहरु संचालन गरिदै आइरहेका छन | आज हरेक मण्डलीले आफ्ना मण्डलीमा भएका बालबालिकाहरुको निम्ति बिशेष प्राथामिकातामा राखी आगाडी बढ्न सक्यो भने युरोप अमेरकामा भएका मण्डलीहरुले जस्तै आउने पुस्ता गुमाउनु नपर्ने हुन्छ  | आउने पुस्ताहरुलाई राम्रो  रेखदेख र ख्रिस्टको सत्यतामा डोर्याउनु अति अब्सेक देखिन्छ यी पुस्तालाई अहिले देखि नै असल चेलापानमा हुर्काउन सक्यो भने भबिस्यका दिनहरुमा असल ब्याक्तिहरु  परिवार, समाज अनि रास्ट्रको लागि तयार हुनेछन् | यसकारण यो जिम्मा सम्पुर्णा ब्याक्ति, परिवार, मण्डलीको ठुलो भूमिका रहने भएको हुँदा यो पुस्तालाई लगानी गर्नमा कन्जुसाई नगरी अगाडी बढ्नु पर्ने देखिन्छ | बाल संगति र बाल सेवाकाई अर्थात् बालबालिकाहरुको सर्बंगिन विकासमा मण्डलीको ठुलो भूमिका रहेको छ |

 

 

Related Articles

Back to top button