उहाँँले दिनुभएको आवाज उहाँँको कामको निम्ति समर्पण गरेको छु ।

स्व. हर्कबहादुर गुरुङ र आमा हर्कमाया गुरुङका कान्छा छोराको रुपमा २०३८ सालमा जन्मनु भएका गायक÷आरजे तारजन गुरुङ थियो । श्रीमती पिंकी र लोल्सि गुरुङ साथमा काठमाडौंमा स्थायीरुपमा बसोवास गर्नुहुन्छ । १४÷१५ वटा गीत रेकड गराई गीति एल्वम निकाल्नु भएका गायक केही गीतले निकै चर्चापरिचर्चा पाएको छ । “हाम्रो यो जीवन घाम छाँया मात्रै हो” साथै रुर्दा रुदै वित्यो मेरो आदि जीवन” जस्ता गीत धेरै स्रोताहरूले मन पराइ सक्नुभएको छ । साथै उहाँँ इसाई गुड न्युज एफ एममा ७ वर्षदेखि कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँँसँग गरिएको कुराकानीको केही अंश प्रस्तुत छ ।

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

कहिलेदेखि गीत आउन सुरु गर्नुभयो ?
स्वर राम्रै छ भनेर सबैले भन्थे त्यही भएर गाउन सुरु गरेको थिए । प्रभुमा आएपछि अब बाचुन्जे प्रभुको निम्ति गाउँछु भनेर गीतसंगीतमा अगि बढिरहेको छु । उहाँँले दिनुभएको आवाज उहाँँको कामको निम्ति समर्पण गरेको छु ।

इसाई कुनै गायक गायिकाको आवाजले प्रेरणा मिलेको छ ?
गायिका सलोमी तिमोथी र विज्ञान रसारेलीको आवाजले प्रेरणामा मिलेको छ । उहाँँको आवाजले प्रभुमा निकै नजिक भएको महशुस गराउँछ ।
कस्ता गीत संगीतले प्रभुको नजिक पु¥याउन सहायता गर्छ ?
परमेश्वरको बारेमा बनाएका लेखिएका गीत संगीतले नै हामीलाई परमेश्वरको नजिकतामा पु¥याउँछ । आज धेरै यस्ता गीतसंगीत हामी पाउन सक्छौं जुन गीतसंगीत सुनेर मानिसहरूले प्रभुलाई ग्रहण गरेका छन् ।

गुड न्युज एफ एमबाट कुन कुन कार्यक्रम
गर्दै हुनुहुन्छ ?
चार–पाँचवटा कार्यक्रम गर्दै आइरहेको छु । आज गुड न्युज एफ. एम. सुममाचार सुनाउने राम्रो माध्यम भएकोले उहाँँले दिनुभएको आवाज गीत गाएर र कार्यक्रमबाट बोलेर उहाँँको आज्ञालाई पूरा गरिरहेको छु । ब्गमष्य द्यष्दिभ मा पनि आवाज दिएको छु । जुन बाइबल पढ्न नसक्ने र बोल्न नसक्नेको लागि अति उपयोगी छ ।

कसरी प्रभुमा आउनु भयो ?
दिदी भिनाजुको माध्यमबाट मैले प्रभुलाई पाएको हुँ । उहाँँहरू प्रभुमा पुरानो हुनुुहुन्छ । उहाँँको जीवन देखेर साथै ख्रीष्टको जीवन देखेर मलाई प्रभाव पार्यो । मैले येशूमा विश्वास गरि उहाँँको काममा आफूलाई अपर्ण गरेको छु ।

तपाईंंको स्रोतालाई के भन्न चाहनुहुन्छ ?
मैले गाएको गीतले मैले चलाएको कार्यक्रमहरू मन पराइदिनु भएको छ । सवैप्रति धेरै कृतज्ञा छु । अझ प्रभुको निम्ति धेरै काम गर्न योजनाहरू बनाएको छु । म योग्यको त थिइन तर परमेश्वरले योग्य बनाइ उहाँँँको राज्यको निम्ति चलाइ रहनु भएको छ ।
यसको लागि म परिवारप्रति धन्यवादी छु । तपाईंंको भएको ज्ञानवरदान पचिहान गरि उहाँँको निम्ति चलाउनुहोस् । परमेश्वरले तपाईंंलाई सहायता गर्नुहुन्छ ।

तपाईंंका भावि योजना के के छ ?
परमेश्वरले उहाँँको राज्य विस्तारको लागि यो आवाज दिनु भएको छ यही आवाजबाट उहाँँको महिमा गर्दैछु । बाचुन्जेल उहाँँको गीत गाइरहनेछु र उहाँँको वचन यसरी नै संचारमाध्यमबाट बोलिरहने छु ।

अन्तिमा मिडियाबाट केही गर्छु भन्ने योजना बनाएकाहरूलाई के भन्नुहुन्छ ?
मिडियाबाट हामीले प्रभुको काम तिब्र गतिमा गर्न सक्छौं । यदि तपाईंं मिमियाकै निम्ति हो भने आफ्नो अडान पहिचान गरी प्रार्थनाको साथ अगि बड्नुस उहाँँले तपाईंंलाई उहाँँको महिमा गर्ने योग्यको बनाउनु हुनेछ ।

अन्तिममा केही भन्नु हुन्छ कि ?
जस्तो सुकै अवस्थामा पनि परमेश्वरलाई धन्यवाद दिदै परमेश्वसँगको सम्बन्ध घनिष्ठ बनाउनुहोस् । आफ्नो लक्ष्यमा पुग्न प्रार्थनासहित अगि बड्नुहोस् । एकदिन परमेश्वरले सफलता दिनुहुनेछ ।

Related Articles

Back to top button