युनाइटेड भिजन नेपालको १० औं बार्षिकत्सव सम्पन्न


हिजो आइतबार नोभेम्बर ५ तारिखका दिन नखिपोटस्थित जिसस् कलेजमा युनाइटेड भिजन नेपाल नामक गैर सरकारी संस्थाले आफ्नो स्थापनाको १० औं बार्षिकत्सव भब्यतासाथ कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए । १० औं बार्षिकत्सवमा १० वटै मैन बत्ती बालेर सो उत्सवलाई रौनक दिएको थियो । सो अवसरमा १० वर्षको विभिन्न कार्य गरेको पुस्तिकासमेत प्रकाशनमा ल्याएको थियो ।
हाल नारायण खड्का अध्यक्षको रुपमा हुनुहुन्छ भने भव घले १० वर्षदेखि महासचिवको रुपमा कार्यरत हुनुहुन्छ ।
१० वर्षको अवधिमा २० हजारभन्दा वढी परिवारलाई राहत, आयमुलम तालिम र सरसफाइ प्रोजेक्ट संचालन गर्दै आइरहेको छ साथै सयौं अगुवाहरुलाई तालिम दिएर दक्ष बनाउने कार्यमा निरन्तर लागि रहेको जानकारी गराएको थियो ।

 

Related Articles

Back to top button