जापानमा पहिलो नेपाली भाषी मण्डली समर्पण कार्यक्रम

विश्वास थापा
अक्टोवर २२, २०१७ । ललितपुर

विभिन्न प्रयोजनको निम्ति जापानलाई गन्तब्य बनाएर पुगेका इसाईहरुलाई नेपाली भाषीको संगतिको अभाव छदैथियो । परदेश पुगी आफ्नै भाषामा मिलेर संगति पाउनु अति नै कठिन देश मध्ये जापान पनि एक हो । तर केही हदसम्म यसको अभावलाई उत्साह नेपाली मण्डली पूरा गर्नेछ ।
जापानको राजधानी टोकियोको ओतकुमा किरण खपाङ्गी मगर र उहाको परिवार  संगति गर्दै जानुभयो । २०७२ सालदेखि उत्साह नेपाली मण्डलीको नामाकण गरि सेवामा निरन्तरता दिइरहनु भयो । विस्तारै कोठाबाट रेष्टुरेन्टको हलमा पुगे  र परमेश्वरले मानिसहरु दिइरहनु भयो । हालसम्म ८० भन्दा वढी विश्वासी भेला भई सेवा संगति भइरहेको छ । यसमा नयाँ विश्वासीहरु धेरै रहेको जानकारी वचन पत्रिकालाई प्राप्त भएको छ । सम्भवत यो नै जापानको आधिकारिक पहिलो नेपाली भाषी मण्डली हुनुपर्दछ ।
कोठाबाट शुरु भएको मण्डलीका आज आफ्नै चर्च भवनको उदघाटन कार्यक्रम भब्यरुपमा गरिएको छ । उदघाटन कार्यक्रमको संचालक एल्डर सूर्य राईले गर्नुभएको थियो भने स्तुतिप्रशंसामा डिकन दिपक मगरले अगुवाई गर्नुभएको थियो । संयुक्त रुपमा स्थानिय मण्डलीका पाष्टर किरण खपाङ्गी मगर, पा. हिदेकी जिम्बो र पा. सुनिल प्रधानले दिप प्रज्वलन गर्नुभएको थियो । आज विहान भएको सो कार्यक्रममा पा. मगरले नै परमेश्वरको वचनको सेवकाइसमेत गर्नुभएको खबर वचन पत्रिकालाई तुलसी श्रेष्ठले जानकारी गराउनु भयो । नेपाली मण्डलीहरु विश्वभरि फैलिएर गएकोमा उत्साह नेपाली मण्डलीलाई  वचन मिडिया समूह हार्दिक शुभकामना व्यक्त गर्दछ ।

 

Related Articles

Back to top button