तनहुमा भ्याइस फर ख्रीष्ट कार्यक्रम सम्पन्न

राजेन्द्र परियार, सुमन श्रेष्ठ

तनहुँ मंसिर २०

ख्रीष्टयान युवा संगतीका आयोजनामा भ्याइस फर खी्रष्ट यही मंसिर १७ गते दमौलीको पार्टी प्यालेसमा राष्ट्रिय कलाकार कर्ण दासको बिशेष आथित्यमा सम्पन्न भएको छ । तनहुँ जिल्लाको विभिन्न मण्डली बाट ४० जनको उपस्थित रहेको उक्त कार्यक्रमा फाइनल सम्म आउदा टप टेन दस जनालाई मात्र फाइनलमा प्रवेश गराएको थियो । एापोस्टल स्टुडियो तथा एापोस्टल रेडियोका संस्थापक अनिल शाही लगाएत गायक तथा संगीतकारहरु राजु परियार , लिलि रसाइली लगाएत निर्णयक मण्डमा रहेका थिय । उक्त कार्यक्रम द्घारा सेकेण्ड रनर अफ यहुन्न पुन , फस्ट रनर अफ अजुर्न थापा रहेको थियो भने दुलेगौडा मण्डलीका यहुन्ना बिक प्रथम हुन सफल भएका थिए । प्रथम , द्घितिय र त्रितियलाई नगद रु २० हजार , १० हजार र ५ हजार साथै मेडल तथा प्रमाण पत्र प्रदान गरिनुका साथै प्रथम , द्घितिय र त्रितियको आवाजमा आराधना एलब्म रेकड गरिने छ । उक्त कार्यक्रममा बिभिन्न खानाका परिकार साथै लुगाका स्टलहरु राखी कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको थियो ।

Related Articles

Back to top button